समाचार

निजी विद्यालयमा लगाइएको ३ प्रतिशत प्रगतिशील कर पनि होः अर्थमन्त्री वाग्ले

२०८३ जेठ १७ गते १६:३६

काठमाण्डू, १७ जेठ– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले निजी विद्यालयले लिने शुल्कमा प्रस्ताव गरिएको ३ प्रतिशत योगदानलाई मध्यम वर्गमाथिको अतिरिक्त भारका रूपमा नभई सामाजिक समानता प्रवर्द्धन गर्ने प्रगतिशील करका रूपमा बुझ्न अनुरोध गरेका छन । आज (आइतबार) अर्थ मन्त्रालयमा आइतबार भएको पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री वाग्लले...

यसपालि बजेटमा असाधारण काम गरियोः अर्थमन्त्री वाग्ले

२०८३ जेठ १७ गते १६:३१

काठमाण्डू, १७ जेठ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमा असाधारण काम गरिएको बताएका छन । बजेट कार्यान्वयन हुँदैन भन्ने चार दशकदेखिको भाष्यलाई यसपालि चिर्ने गरी काम गरिएको पनि उनले बताएका छन । आज (आइतबार) आगामी आवको बजेटबारे आइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार...

सभामुखले नै गरे नियमावलीको गलत व्याख्या

२०८३ जेठ १७ गते १४:४९

काठमाण्डू, १७ जेठ– प्रतिनिधि सभाका सभामुख डीपी अर्यालले नै प्रतिनिधिसभा नियममावलीको गलत व्याख्या गरेका छन् । प्रधानमन्त्रीले आकस्मिक रुपमा प्रश्नोत्तर कार्यक्रम संचालन होस् भन्ने चाहेपछि सभामा विपक्षी दलहरूले नियमावलीको विषय उठाएका छन । त्यसक्रममा एमालेका सांसद गुरु बरालले प्रतिनिधिसभा नियमावलीको नियम ५६ अनुसार प्रत्येक...

सभामुखकै बोली संसदीय रेकर्डबाट हटाइयोस्ः एमाले

२०८३ जेठ १७ गते १४:४३

काठमाण्डू, १७ जेठ– प्रतिपक्षी दल एमालेले सभामुख डोलप्रसाद अर्यालले बोलेका केही शब्द संसदीय रेकर्डबाट हटाउन माग गरेको छ । आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकमा प्रतिनिधिसभा निमामावलीको नियम ५६ मा रहेका व्यवस्थाबारे सभामुखबाट गलत व्याख्या भएको भन्दै एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले यस्तो माग...

आक्रोशित आशिका तामाङलाई रास्वपाकै सांसदले बाहिर पठाए

२०८३ जेठ १७ गते १४:३३

काठमाण्डू, १७ जेठ– आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकमा सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङ आक्रोशित रुपमा प्रस्तुत भईन । रास्वपा सांसद तामाङलाई उनकै पार्टीका सांसदहरुले बैठक कक्ष बाहिर लगेका छन् । प्रधानमन्त्री बालेन शाहले आकस्मिक रुपमा प्रश्नको जवाफ दिएर...

संसद्‌मा सत्तापक्ष र प्रतिपक्षबीच चर्काचर्की

२०८३ जेठ १७ गते १४:२७

काठमाण्डू, १७ जेठ– प्रतिनिधिसभा बैठकमा सत्ता र प्रतिपक्षी बेञ्चका सांसदहरूबीच चर्काचर्की परेको छ । आजैको संसद्मा प्रधानमन्त्री बालेन शाहले सम्बोधन गरेका थिए । प्रधानमन्त्रीको सम्बोधनबारे विपक्षीहरूले नियमापत्ति गरेका थिए । सो क्रममा सभामुख डोलप्रसाद अर्यालले नियमावलीको गलत व्याख्या गरेको भन्दै विपक्षीहरूले अवरोध गरेका थिए...

सुकुमवासी व्यवस्थापनबारे प्रधानमन्त्रीः ३५ वर्षमा नभएको काम ३५ मिनेटमै नखोजौं

२०८३ जेठ १७ गते १४:२२

काठमाण्डू, १७ जेठ– प्रधानमन्त्री बालेन शाहले काठमाण्डू उपत्यकाका सुकुमवासीको समस्या समाधान हुने प्रतिबद्धता व्यक्त गरेका छन । आज (आइबतार) आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने क्रममा उनले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन । उनले आफ्नो पार्टी र सत्तारुढ दल रास्वपाले सुकुमवासीको समस्या...

नेपालले पनि भारतको जग्गा मिचेको रहेछः प्रधानमन्त्री शाह

२०८३ जेठ १७ गते १४:०८

काठमाण्डू, १७ जेठ– प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारतको सीमा कूटनीतिक छलफलबाट समाधान गर्ने बताएका छन । आज (आइतबार) बसेको प्रतिनिधिसभामा सांसदहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री बालेनले यस्तो बताएका हुन । उनले यो विषय समाधानका लागि कोसिस भइरहेको समेत बताएका छन । उनले नेपाले पनि...

लिपुलेक लिम्पियाधुराबारे हामीले कूटनीतिक नोट पठाएका छौँ, जवाफ पनि आएको छः प्रधानमन्त्री

२०८३ जेठ १७ गते १४:०१

काठमाण्डू, १७ जेठ– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले लिपुलेकमा चीन र भारतले खोलेको व्यापारिक मार्गबारे सरकारले भारत र चीनलाई डिप्लोमेटिक नोट पठाएको जानकारी संसद जानकारी गराएका हुन । आज प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले यसबारे जानकारी गराएका हुन । एमाले सांसद पद्मा अर्यालले सोधेको प्रश्नको...

आजसम्म बुझाइएका सबै प्रतिवेदनहरू सरकारले अध्ययन गर्छः प्रधानमन्त्री शाह

२०८३ जेठ १७ गते १३:५१

काठमाण्डू, १७ जेठ–प्रधानमन्त्री बालेन शाहले यसअघि विभिन्न कालखण्डमा भएका आन्दोलनका सबै प्रतिवेदनहरू सरकारले एकमुष्ट रुपमा अध्ययन गर्ने बताएका छन । आज (आइतबार) आइतबार प्रतिनिधिसभा बैठकमा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री बालेनले यस्तो बताएका हुन । प्रधानामन्त्री बालेनलाई कांग्रेस सांसद अर्जुनरसिंह केसीले जेनजी आन्दोलनको...

जवाफ दिन रोष्ट्रममा प्रधानमन्त्री, विपक्षीले गरे नियमापत्ति

२०८३ जेठ १७ गते १३:४५

काठमाण्डू, १७ जेठ– विपक्षीहरूले लगातार माग गरेपछि प्रधानमन्त्री बालेन शाह संसद् बैठकमा उपस्थित भएर जवाफ दिन तयार भएका छन । उनी अहिले रोष्ट्रममा उभिएका छन् । संसद्मा बोल्न चाहेका बेला प्रधानमन्त्रीलाई बोल्न दिने अभ्यास छ । यस अन्तर्गत रहेर प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आइतबार...

कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भयो राष्ट्रिय सभा

२०८३ जेठ १७ गते १२:५२

काठमाण्डू, १७ जेठ– राष्ट्रिय सभाको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ । आज (आइतबार) बिहान सवा ११ बजेका लागि तय भएको बैठक एक घण्टा ढिलो गरी सुरु भएको थियो । बैठकमा शून्य समय चल्यो । केही सांसदहरूले आफ्ना धारणा राखे । त्यसपछि...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us