आजसम्म बुझाइएका सबै प्रतिवेदनहरू सरकारले अध्ययन गर्छः प्रधानमन्त्री शाह

काठमाण्डु टुडे २०८३ जेठ १७ गते १३:५१ मा प्रकाशित

काठमाण्डू, १७ जेठ–प्रधानमन्त्री बालेन शाहले यसअघि विभिन्न कालखण्डमा भएका आन्दोलनका सबै प्रतिवेदनहरू सरकारले एकमुष्ट रुपमा अध्ययन गर्ने बताएका छन ।

आज (आइतबार) आइतबार प्रतिनिधिसभा बैठकमा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री बालेनले यस्तो बताएका हुन । प्रधानामन्त्री बालेनलाई कांग्रेस सांसद अर्जुनरसिंह केसीले जेनजी आन्दोलनको प्रतिवेदनबारे प्रश्न राखेका थिए । जसको जवाफका क्रममा प्रधानमन्त्री शाहले भनेका छन्, ‘आजसम्म नेपाल सरकारलाई बुझाइएका जति पनि प्रतिवेदनहरू छन्, ती सबै प्रतिवेदनलाई एकमुष्ट रुपमा नेपाल सरकारले अध्ययन गर्छ र गर्नुपर्ने कामकारबाही त्यही हिसाबले गर्छ ।’

मानव अधिकार आयोगको प्रतिवेदन मात्रै नभएर विभिन्न कालखण्डमा भएका आन्दोलन,र्‍याली लगायतका धेरै प्रतिवेदनहरू भएकोप्रति स्मरण समेत गराए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us