समाचार

कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भयो राष्ट्रिय सभा

२०८३ जेठ १७ गते १२:५२

काठमाण्डू, १७ जेठ– राष्ट्रिय सभाको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ । आज (आइतबार) बिहान सवा ११ बजेका लागि तय भएको बैठक एक घण्टा ढिलो गरी सुरु भएको थियो । बैठकमा शून्य समय चल्यो । केही सांसदहरूले आफ्ना धारणा राखे । त्यसपछि...

दुई वटा विधेयक पारित गर्दै राष्ट्रिय सभा

२०८३ जेठ १७ गते १२:४८

काठमाण्डू, १७ जेठ– राष्ट्रिय सभाले आज दुई वटा विधेयक पारित गर्दै छ । प्रधानमन्त्री एवम् गृहमन्त्री वालेन्द्र शाहले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । त्यसपछि...

अमेरिकी उपविदेश मन्त्री रोजर्स काठमाण्डूमा

२०८३ जेठ १७ गते १२:३९

काठमाण्डू, १७ जेठ– अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी. रोजर्स नेपाल भ्रमणमा आएकी छन । रोजर्स तीनदिने भ्रमणका लागि काठमाण्डू आइपुगेकी हुन् । १३ चैतमा वालेन्द्र शाह बालेन नेतृत्वको सरकार गठनपछि नेपाल भ्रमण गर्ने उनी अहिलेसम्मकै सबैभन्दा वरिष्ठ अमेरिकी कूटनीतिज्ञ हुन् ।...

बजेटले तोलामै २० हजार बढायो सुन

२०८३ जेठ १७ गते १२:२७

काठमाण्डू, १७ जेठ– सरकारले गत शुक्रबार घोषणा गरेको बजेटपछि आइतबार एकैदिन सुनको भाउ तोलामा २० हजार ५ सय रुपैयाँ बढेको छ । बजेटले सुनको भन्सार दर १० प्रतिशतबाट २० प्रतिशत पुर्‍याएपछि त्यसलाई आइतबार समायोजन गर्दा मूल्य एकैदिन २० हजार ५ सय रुपैयाँ बढेको नेपाल...

बजेटबारे हर्क साम्पाङः जागिर हुनेलाई तलब थपिदिने, बेरोजगारलाई विदेश खेदाउने वाहियात नीति

२०८३ जेठ १६ गते १८:१२

काठमाण्डू, १६ जेठ– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बजेटमा सरकारले ल्याएका नीतिलाई वाहियात भनेका छन् । सामाजिक सञ्जालमार्फत उनले युवालाई रोजगारी दिने कार्यक्रम नल्याई कर्मचारीको तलब बढाउने नीतिको उनले आलोचना गरे । हुनेलाई थपिदिने र नहुनेलाई विदेश खेदाउने नीति ल्याइएको आरोप लगाए ।...

गरिब मास्ने र धनी पोस्ने गरी बजेट ल्याइयोः गगन थापा

२०८३ जेठ १६ गते १८:०४

काठमाण्डू, १६ जेठ– कांग्रेस सभापति गगनकुमार थापाले सरकारले गरिब र न्यून आय भएका जनतालाई उपेक्षा गरेर बजेट ल्याएको आरोप लगाएका छन् । नेपाल थारु संघको प्रथम अधिवेशलाई सम्बोधन गर्दै थापाले न्यून आय भएका र विपन्न वर्गका समस्या सम्बोधन गर्ने गरी बजेट नआएको बताए ।...

तनहुँमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

२०८३ जेठ १६ गते १७:३९

तनहुँ’ १६ जेठ- तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीस्थित सडकमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको बा१प ९२७ नम्बरको बसले ठक्कर दिँदा सोही ठाउँका ६९ वर्षीय सम्मर बहादुर रानाभाट गम्भीर घाइते भएका थिए । घाइतेलाई उपचारका लागि प्रदेश अस्पताल दमौली...

अर्थ मन्त्रालयले आर्थिक विधेयक वेबसाइटबाट किन हटायो ?

२०८३ जेठ १६ गते १७:०१

काठमाडौं- अर्थ मन्त्रालयले बजेटसँग सम्बन्धित आर्थिक विधेयक आफ्नो आधिकारिक वेबसाइटबाट हटाएको छ । सामाजिक सञ्जाल र सार्वजनिक सञ्चार माध्यममा चर्चा सुरु भएपछि केही समयमै मन्त्रालयको वेबसाइटबाट दस्तावेज हटाइएको हो । शुक्रबार बजेट प्रस्तुत गरेलगत्तै मन्त्रालयले उक्त विधेयक वेबसाइटमा राखेको थियो । तर शनिबार दिउँसोदेखि...

नेपालमा अमेरिकी सक्रियता बढ्दो, आउँदैछिन् उपविदेशमन्त्री रोजर्स

२०८३ जेठ १६ गते १६:५०

काठमाडौं- अमेरिकी विदेश मन्त्रालयकी सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी. रोजर्स तीनदिने भ्रमणका लागि शुक्रबार नेपाल आउँदै छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता वालेन्द्र शाह प्रधानमन्त्री बनेपछि नेपाल भ्रमण गर्ने उनी हालसम्मकै सबैभन्दा वरिष्ठ अमेरिकी कूटनीतिक अधिकारी हुन् । नेपालस्थित अमेरिकी दूतावासले आयोजना गर्न लागेको...

अछाममा जीप दुर्घटना , दुई जनाको मृत्यु, तीन घाइते

२०८३ जेठ १६ गते १६:३८

अछाम, ३० जेठ-अछामको पञ्चदेवल बिनायक नगरपालिका–४ थापामोडस्थित मध्यपहाडी राजमार्गमा भएको जीप दुर्घटनामा परी घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । प्रादेशिक अस्पताल सुर्खेतमा उपचाररत मकवानपुरको हेटौंडा उपमहानगरपालिका निवासी ४१ वर्षीय नबिन तुलाधर र बर्दियाको...

सशस्त्र प्रहरीद्वारा बाढीमा फसेका २० जनाको उद्धार

२०८३ जेठ १६ गते १६:३०

कञ्चनपुर– सशस्त्र प्रहरी बल नेपालको टोलीले कञ्चनपुरको पुनर्वासस्थित दोदा नदी र बाहुन खोलामा आएको बाढीमा फसेका २० जनाको सकुशल उद्धार गरेको छ । पुनर्वास नगरपालिका–९ सिताबस्तीस्थित दोदा नदीमा एक्कासि पानीको बहाव बढेपछि नदी तरेर नजिकैको जङ्गलमा निउरो टिप्न गएका स्थानीय पाँच जना महिलालाई सशस्त्र...

सुकुमबासी र गरिबविरोधी पार्टी सरकारमा छः पाण्डे

२०८३ जेठ १६ गते १६:२४

काठमाण्डू, १६ जेठ– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता राजेन्द्र पाण्डले मुलुकमा सुकुम्वासी, गरिब र निमुखाविरोधी पार्टी सरकारमा रहेको आरोप लगाएका छन् । तत्कालीन नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी निकट महिला संगठनको एकता भेला कार्यक्रमलाई शनिबार राजधानीमा सम्बोधन गर्दै उनले राष्ट्रिय स्वतन्त्र...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us