अमेरिकी उपविदेश मन्त्री रोजर्स काठमाण्डूमा

काठमाण्डु टुडे २०८३ जेठ १७ गते १२:३९ मा प्रकाशित

काठमाण्डू, १७ जेठ– अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी. रोजर्स नेपाल भ्रमणमा आएकी छन । रोजर्स तीनदिने भ्रमणका लागि काठमाण्डू आइपुगेकी हुन् ।

१३ चैतमा वालेन्द्र शाह बालेन नेतृत्वको सरकार गठनपछि नेपाल भ्रमण गर्ने उनी अहिलेसम्मकै सबैभन्दा वरिष्ठ अमेरिकी कूटनीतिज्ञ हुन् ।

अहिले उनी होटल अलाफ्टमा जारी एसेन्ट समिटमा प्रमुख अतिथिको रूपमा सहभागी छिन् । उनले नेपाल सरकारका उच्च अधिकारीहरू, अमेरिकन चेम्बर अफ कमर्सका सदस्यहरू र अमेरिकी विदेश मन्त्रालयका विभिन्न कार्यक्रमका पूर्व–सहभागीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us