समाचार

मन्त्रिपरिषद् सदस्यका सम्पत्तिबारे परराष्ट्रमन्त्री खनालले भनेः हाम्रा सम्पत्तिका स्रोत स्पष्ट छन्

२०८२ चैत ३० गते १७:१५

काठमाण्डू, ३० चैत– परराष्ट्रमन्त्री शिशिर खनालले मन्त्रीहरूले सार्वजनिक गरेका सम्पत्तिका स्रोतहरू अस्पष्ट नभएको तर्क गरेका छन । आज (सोमबार) मोरिसस भ्रमणबाट फर्केका मन्त्री खनालले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन । उनले भने, ‘आम्दानीका स्रोत स्पष्ट छन्, कसैले छानबिन गर्न चाहन्छ...

राजनीतिमा युवाहरूको संलग्नता बढ्दै जानु उत्साहको विषयः पूर्वराजा शाह

२०८२ चैत ३० गते १७:१०

काठमाण्डू, ३० चैत– पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीति र राज्य सञ्चालनको गतिविधिमा युवा पिंढी संलग्नता बढ्दै जानु उत्साहको विषय भएको बताएका छन । आज (सोमबार) नयाँ वर्ष–२०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्व राजा शाहले यस्तो बताएका हुन । उनले आधुनिक प्रविधिको ज्ञान भएका...

प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रमन्त्री खनालले भनेः निम्तो आइसकेको छ, मिति तय भएको छैन

२०८२ चैत ३० गते १७:०५

काठमाण्डू, ३० चैत– परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन शाहलाई भारतबाट भ्रमणको निम्तो आएको बताएका छन । नवौं हिन्द महासागर सम्मेलनमा सहभागी भएर फर्केका मन्त्री खनालले सोमबार विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराएका हुन । परराष्ट्रमन्त्री खनालले भने, ‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हाम्रा प्रधानमन्त्री...

अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी

२०८२ चैत ३० गते १६:५७

काठमाण्डू, ३० चैत– महोत्तरीको सदरमुकाम जलेश्वरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेश कुमार सिंहविरुद्ध आफ्नै पार्टीका कार्यकर्ताले प्रर्दशन गरेका छन् । सोमबार सिंह जलेश्वरस्थित प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायत अन्य सरकारी कार्यालयको प्रमुखसँग प्रशासन कार्यालयमा छलफल गरिरहेको बेला उनीविरुद्ध कार्यकर्ताहरुले नाराबाजी गरेका हुन्...

बागमतीका सांसदहरूसँग प्रधानमन्त्रीले गरे छलफल

२०८२ चैत ३० गते १६:४६

काठमाण्डू, ३० चैत– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले बागमती प्रदेशका सांसदहरूसँग छलफल गरेका छन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनले सोमबार दिउँसो बागमती प्रदेशका सांसदहरूसँग छलफल गरेका हुन । प्रधानमन्त्री बनेलगत्तै उनले विभिन्न प्रदेशका सांसदहरूसँग छुट्टाछुट्टै छलफल थालेका थिए । अन्य सबै प्रदेशका सांसदहरूसँग उनले...

कांग्रेसले बोलायो अनुशासन समितिको बैठक

२०८२ चैत ३० गते १६:१६

काठमाण्डू, ३० चैत– कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ । बैठक २ वैशाखमा दिउँसो ११ बजे बस्नेगरी अनुशासन समितिको बैठक बोलाइएको समितिका सचिव दिनेश थापामगरले जानकारी दिएका छन । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने उनले जानकारी दिएका छन । कांग्रेसले सोही दिन...

पूर्वसभामुखहरूसँग छलफलमा सभामुख अर्याल

२०८२ चैत ३० गते १३:४९

काठमाण्डू, ३० चैत– प्रतिनिधि सभाका सभामुख डीपी अर्याल पूर्वसभामुखहरूसँग छलफलमा जुटेका छन् । सभामुख अर्यालले आज पूर्वसभामुखहरू देवराज घिमिरे र अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका छन । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा नेपालको संसदीय अभ्यास, विगतका अनुभवहरूको आदान–प्रदान, संघीय संसदको प्रभावकारी सञ्चालन, विधायन प्रक्रियाको सुदृढीकरणका...

कुनै नेताले लहडमा भाषण गरेर पार्टी सदस्यता खारेज गर्न सक्दैनः पूर्णबहादुर खड्का

२०८२ चैत ३० गते १३:४०

काठमाण्डू, ३० चैत– कांग्रेसको संस्थापनइतर समूहले पार्टी सदस्यता कुनै नेताले लहडमा भाषणमार्फत खारेज गर्न नसक्ने बताएका छन । कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेर पार्टी सदस्यताबारे समूहको धारणा सार्वजनिक गरेका हुन । ‘निर्दलीय निरंकुश पञ्चायती व्यवस्थामा नेपाली...

गृहमन्त्रीले नै मिचे कानुन,सम्पत्ति जफत कहिले हुने ?

२०८२ चैत ३० गते १३:१७

काठमाण्डू, ३० चैत– प्रधानमन्त्री बालेन्द्र शाह र मन्त्रीहरूको सम्पत्ति विवरण हिजो (आइतबार) राती सार्वजनिक गरिएसङ्गै कानुन तोड्नमा गर्व मान्ने प्रवृतिवारे तीब्र बहस छेडिएको छ । सम्पत्तिको नाममा देखाइएका बैंक ब्यालेन्स र सुन,चाँदीका परिमाण आफैमा कानुनी कार्वाहीका निम्ति पर्याप्त भएको भन्दै बहस सुरु भएको छ...

‘के पाइस् नेपाली ? केरा’ भन्दै सम्पत्ति विवरणबारे गृहमन्त्री गुरुङको जवाफः गरिब भएर जन्मिनु गल्ती होइन, मर्नु गल्ती हो

२०८२ चैत ३० गते १३:०७

काठमाण्डू, ३० चैत– सरकारले हिजो सार्वजनिक गरेको सम्पत्ति विवरणबारे सामाजिक सञ्जालमा व्यापक चर्चा र बहसको बिषय बनेको छ । सम्पत्ति विवरण हेर्दा बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषदका सदस्यहरू एक से एक धनाढ्य देखिएका छन् । बालेन सरकारका धनाढ्यमध्येका एक हुन् गृहमन्त्री सुदन गुरुङ । आफैँले...

गृहमन्त्री गुरुङसँग ‘सम्हालिनसक्नु’ सम्पत्ति, भन्छन्ः गरिब भएर जन्मिनु गल्ती होइन, मर्नु गल्ती हो

२०८२ चैत ३० गते १३:०१

काठमाण्डू, ३० चैत– सरकारले हिजो सार्वजनिक गरेको सम्पत्ति विवरणबारे सामाजिक सञ्जालमा व्यापक चर्चा र बहसको बिषय बनेको छ । सम्पत्ति विवरण हेर्दा बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषदका सदस्यहरू एक से एक धनाढ्य देखिएका छन् । बालेन सरकारका धनाढ्यमध्येका एक हुन् गृहमन्त्री सुदन गुरुङ । आफैँले...

केपी ओलीको शल्यक्रिया सकियो, वार्डमा सारिँदै

२०८२ चैत ३० गते १२:५४

काठमाण्डू, ३० चैत– एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीमा रहेको पत्थरीको अपरेशन सकिएको छ । उनलाई अपरेशन थिएटर (ओटी) बाट वार्डमा सार्ने तयारी भइरहेको छ । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका निर्देशक डा.सुवास आचार्यले ओलीको अपरेशन सम्पन्न भएको जानकारी दिए । विस्तृत...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us