सरकारी कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

काठमाण्डु टुडे २०८३ जेठ १५ गते १८:०३ मा प्रकाशित

काठमाण्डू, १५ जेठ– अर्थमन्त्री स्वर्णिम वाग्लेले कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि गर्ने घोषणा गरेका छन । त्यसमध्ये १० प्रतिशत वृद्धि शुरु स्केलमा हुनेछ ।

त्यसबाहेक १० प्रतिशत तलब भने मासिक प्रोत्साहन भत्ताका रुपमा हुने छ । त्यस्तै, अहिले कर्मचारीले पाइरहेको महँगी भत्तालाई निरन्तरता दिएको उनले जानकारी दिए ।

विगत चार वर्षदेखि तलब वृद्धि नभएको र यसबीचमा १७.३ प्रतिशत महँगी बढेको उनले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us