कर्णाली राजमार्ग स्तरोन्नति गर्न १ अर्ब बजेट विनियोजन

काठमाण्डु टुडे २०८३ जेठ १५ गते १८:२३ मा प्रकाशित

काठमाण्डू, १५ जेठ– सरकारले कर्णाली राजमार्ग स्तरोन्नतिका लागि एक अर्ब बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष ०८३–०८४ को बजेट प्रस्तुत गर्दै कर्णाली राजमार्ग स्तरोन्नतिका लागि एक अर्ब बजेट विनियोजन गरेको बताएका हुन ।

संघीय सरकारले कर्णालीका सडक पूर्वाधारलाई प्रमुख पर्यटकीय क्षेत्रसँग जोडेर जडीबुटी, जलविद्युत्, पर्यटन र खानीजन्य क्रियाकलापलाई अघि बढाउने घोषणा समेत गरे ।

उनले मध्यपहाडी लोकमार्ग, पुष्पलाल लोकमार्ग, कर्णाली कोरिडोर, भेरी कोरिडोर, जुम्लाहुँदै रारा र फोक्सुण्डोसम्मको कर्णाली चतुर्भुजमा जडिबुटी, जलविद्युत्, पर्यटन र खानीजन्य क्रियाकलापलाई प्रश्रय पाउने व्यवस्था मिलाउँने समेत बताएका छन ।

अर्थमन्त्री वाग्लेले आगामी वर्ष कर्णाली कोरिडोरको ३१ किलोमिटर कालोपत्रे गर्ने र भेरी कोरिडोरको स्तरोन्नति गर्ने योजना पनि सरकाले अघि सारेको समेत बताएका छन ।

त्यस्तै जाजरकोटको मुल्साङदेखि जुम्लाको टोप्ला र चिसापानी–बबई सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने समेत उनले घोषण समेत गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us