आगामी वर्षको आर्थिक वृद्धिदर लक्ष्य ७ प्रतिशत

काठमाण्डु टुडे २०८३ जेठ १५ गते १८:०७ मा प्रकाशित

काठमाण्डू, १५ जेठ– सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ । आज (शुक्रबार) आगामी आर्थिक वर्षको बजेट घोषणामार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वृद्धिदरको लक्ष्य ७ प्रतिशत रहने अनुमान गरिएको उनले बताए ।

चालु आर्थिक वर्ष ०८२–८३ मा भने आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने तथ्यांक कार्यालयले जनाएको छ । त्यस्तै आगामी आर्थिक वर्षमा मूल्यवृद्धिदर ६ प्रतिशतमुनि कायम गर्ने उनले बताए ।

सरकारले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब रुपैयाँ बराबरको बजेट ल्याएको छ । जसमा चालु खर्च १२ खर्ब ७० अर्ब, पूँजीगत खर्च ४ खर्ब ३१ अर्ब र वित्तीय व्यवस्थातर्फको खर्च ४ खर्ब २२ अर्ब हुने अनुमान सरकारको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us