समाचार

वालेन्द्रविरुद्ध काठमाण्डूमा प्रदर्शन

२०८३ जेठ १७ गते १८:२२

काठमाण्डू, १७ जेठ– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) विरुद्ध काठमाण्डूमा प्रदर्शन भएको छ । नेपालले भारतको भूमि मिचेको अभिव्यक्ति संसदमै दिएपछि माइतीघरमा वैज्ञानिक समाजवादी विद्यार्थी संगठनको प्रदर्शन गरेका हुन् । उनीहरुले जनता बालेनको खोजीमा, बालेन मोदीको गोजीमा, देशद्रोही प्रधानमन्त्री मुर्दाबाद जस्ता नारा लागाएका छन ।...

विवादमा फसेका वालेन्द्रलाई हर्कले भनेः हुतिहारा

२०८३ जेठ १७ गते १८:१५

काठमाण्डू, १७ जेठ– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को कडा आलोचना गरेका छन् । आज (आइबतार) बसेको प्रतिनिधिसभा बैठकमा सांसदले सोधेको प्रश्नको जवाफ दिने क्रममा ‘नेपालले भारतको सीमा मिचेको’ अभिव्यक्ति दिएका प्रधानमन्त्री वालेन्द्रको साम्पाङले कडा आलोचना गरेका हुन् ।...

‘प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक, माफी माग्नुपर्छ’: प्रदीप ज्ञवाली

२०८३ जेठ १७ गते १८:११

काठमाण्डू, १७ जेठ– पूर्व परराष्ट्रमन्त्री एवं एमालेका नेता प्रदीप ज्ञवालीले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आज संसदमा नेपालले भारतीय भूमि मिचेको भनेर दिएको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै माफी माग्नुपर्ने बताएका छन । आज (आइतबार) सामाजिक सञ्जालमा पूर्वपरराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले भनेका छन्, ‘नेपालले पनि भारतको...

वालेन्द्रलाई भीम रावलले भनेः एकछिन पनि प्रधानमन्त्री पदमा बस्ने अधिकार छैन

२०८३ जेठ १७ गते १७:५९

काठमाण्डू, १७ जेठ– पूर्व मन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले प्रधानमन्त्री बालेन शाहलाई एकछिन पनि पदमा बसिरहने नैतिक अधिकार नरहेको बताएका छन । नेता रावलले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपालको भौगोलिक अखण्डताको रक्षा गर्ने कुरामा जोड दिनुको साटो नेपालले भारतको भूभाग...

प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिप्रति वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यको आपत्ति

२०८३ जेठ १७ गते १७:५५

काठमाडौँ- वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् उनले उक्त अभिव्यक्तिलाई असामान्य र गम्भीर भन्दै सीमा सम्बन्धी विषयलाई दुई देशबीच पारस्परिक रूपमा प्रस्तुत गरिएको प्रति असन्तुष्टि व्यक्त गरेका छन् । आचार्यले उक्त अभिव्यक्तिलाई असामान्य र गम्भीर भन्दै अहिलेसम्म कुनै पनि...

नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति तथ्यहीनः निश्कल राई

२०८३ जेठ १७ गते १७:५३

काठमाण्डू, १७ जेठ– कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री बालेन शाहले नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्ति तथ्यहीन भएको टिप्पणी गरेका छन । आज (आइतबार) संघीय संसद् भवन सिंहदरबार परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा कांग्रेस सचेतक राईले यस्तो बताएका हुन ।...

बजेट टाई बान्नेलाई आयो, गाई बान्नेलाई आएनः सुदन किराती

२०८३ जेठ १७ गते १७:३७

काठमाण्डू, १७ जेठ– श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले नेपाली माटो सुहाउँदो बजेट नआएको बताएका छन । आज (आइतबार) झापामा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वमन्त्री किरातीले यस्तो बताएका हुन । उनले विदेश पढेर आएको अर्थमन्त्रीले नेपालको वास्तविकता नबुझेको टिप्पणी समेत गरेका छन ।...

बजेट मात्रै ७ प्रतिशत आर्थिक वृद्धिदरको मुख्य आधार होइन: अर्थमन्त्री वाग्ले

२०८३ जेठ १७ गते १७:३३

काठमाण्डू, १७ जेठ– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सरकारले ल्याएको २० खर्ब रुपैयाँको बजेटले मात्रै आर्थिक वृद्धिदर हासिल गर्ने भन्ने बुझाइ गलत भएको बताएका छन । आज (आइतबार) अर्थ मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री डा. वाग्लेले यस्तो बताएका हुन । उनले नेपालको अर्थतन्त्र झन्डै ७०...

विदेशी मुद्रा सञ्चितिलाई विकासमा लगाउन सोभरेन वेल्थ फन्डः गभर्नर पौडेल

२०८३ जेठ १७ गते १७:२८

काठमाण्डू, १७ जेठ– नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले विदेशी मुद्राको सञ्चिति धेरै भएको र त्यसको प्रतिफल कम भएको सन्दर्भमा त्यसको सदुपयोग गर्न सोभरेन वेल्थ फन्ड स्थापना गर्न खोजेको बताएका छन । अर्थ मन्त्रालयले आज (आइतबार) आयोजना गरेको बजेटपछिको पत्रकार सम्मेलनमा बोल्दै गर्भनर...

राप्रपा छोडेर धवलशमशेरले घोषणा गरे नयाँ अभियान

२०८३ जेठ १७ गते १७:१६

काठमाण्डू, १७ जेठ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता धवलशमशेर राणाले नयाँ अभियानको घोषणा गरेका छन् । आज (आइतबार) दिउँसो राप्रपाका असन्तुष्ट नेताहरू काठमाण्डूको एक होटलमा छलफलमा जुटेका थिए । छलफलपछि राणाले एक विज्ञप्ति जारी गरेका छन् । जहाँ उनले राप्रपाको आफ्नो पदबारे केही उल्लेख...

विदेशी मुद्रा सञ्चितिलाई विकासमा लगाउन सोभरेन वेल्थ फन्डः गभर्नर पौडेल

२०८३ जेठ १७ गते १६:५३

काठमाण्डू, १७ जेठ– नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले विदेशी मुद्राको सञ्चिति धेरै भएको र त्यसको प्रतिफल कम भएको सन्दर्भमा त्यसको सदुपयोग गर्न सोभरेन वेल्थ फन्ड स्थापना गर्न खोजेको बताएका छन । आज (आइतबार) अर्थ मन्त्रालयले आयोजना गरेको बजेटपछिको पत्रकार सम्मेलनमा बोल्दै गर्भनर...

प्रतिनिधिसभा निर्वाचनसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित

२०८३ जेठ १७ गते १६:४०

काठमाण्डू, १७ जेठ– प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ राष्ट्रिय सभाबाट पारित भएको छ । राष्ट्रिय सभाको आज (आइतबार)को बैठकबाट प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त प्रतिनिधि सभा सदस्य निर्वाचनसम्बन्धी पहिलो संशोधन विधेयक, २०८३ सर्वसम्मत पारित गरिएको हो । उक्त विधेयकमाथि विभिन्न सांसदहरूले समावेशीता...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us