काठमाण्डू, १७ जेठ– कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री बालेन शाहले नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्ति तथ्यहीन भएको टिप्पणी गरेका छन ।
आज (आइतबार) संघीय संसद् भवन सिंहदरबार परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा कांग्रेस सचेतक राईले यस्तो बताएका हुन ।
सचेतक राईले सार्वभौम संसद्मा प्रधानमन्त्री शाहले बिना तथ्य कुरा गर्नु अशोभनीय भएको समेत बताए । उनले प्रधानमन्त्रीको राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनबारे पनि सुझबुझपूर्ण अभिव्यक्ति नदिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।
राईले भने, ‘नेपालले पनि भारतको सीमा मिचेको छ भन्नेकुरा कि त तथ्यसम्मत ढंगले भन्न सक्नु पर्यो । यो, यो ठाउँ भनेर भन्न सक्नु पर्यो ।
तर प्रधानमन्त्रीज्यूले सार्वभौमसत्ता सम्पन्न प्रतिनिधिहरू भएको ठाउँमा आएर हामीले पनि भारतको सीमा मिचेका छौ भनेर एक खालको तथ्यहिन कुरा गर्नु भयो । आपत्ति छ । मानव अधिकार आयोगबारे पनि प्रधानमन्त्रीको टिप्पणी सुझबुझपूर्ण छैन ।’