काठमाण्डू, १७ जेठ– नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले विदेशी मुद्राको सञ्चिति धेरै भएको र त्यसको प्रतिफल कम भएको सन्दर्भमा त्यसको सदुपयोग गर्न सोभरेन वेल्थ फन्ड स्थापना गर्न खोजेको बताएका छन ।
आज (आइतबार) अर्थ मन्त्रालयले आयोजना गरेको बजेटपछिको पत्रकार सम्मेलनमा बोल्दै गर्भनर पौडेलले यस्तो बताएका हुन । गर्भनर पौडेलले भने, ‘हामीलाई ७ महिनाको आयात धान्ने विदेशी मुद्राको सञ्चिति भए पुग्छ । तर, १८ महिनाभन्दा बढीको आयात धान्ने विदेशी मुद्रा छ ।
तर, यसको प्रतिफल ४ प्रतिशत मात्रै हाराहारी भएको अवस्थामा छ ।’ यस्तो अवस्थामा केही विदेशी मुद्रालाई आर्थिक विकासमा योगदान हुने हिसाबले सोभरेन वेल्थ फन्डको परिकल्पना गरिएको समेत उनले बताएका छन ।