राप्रपा छोडेर धवलशमशेरले घोषणा गरे नयाँ अभियान

काठमाण्डु टुडे २०८३ जेठ १७ गते १७:१६ मा प्रकाशित

काठमाण्डू, १७ जेठ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता धवलशमशेर राणाले नयाँ अभियानको घोषणा गरेका छन् । आज (आइतबार) दिउँसो राप्रपाका असन्तुष्ट नेताहरू काठमाण्डूको एक होटलमा छलफलमा जुटेका थिए ।

छलफलपछि राणाले एक विज्ञप्ति जारी गरेका छन् । जहाँ उनले राप्रपाको आफ्नो पदबारे केही उल्लेख गरेका छैनन् । उनले आफूहरूले देशमा विश्वसनीय राष्ट्रवादी शक्ति निर्माण गर्ने सदिच्छा लिएर आगामी बाटो तय गर्ने निश्चय गरेको विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

साथै, यही नयाँ अभियानमा सहभागी हुन पनि उनले आह्वान समेत गरेका छन । ‘देशलाई माया गर्ने, देशको समृद्धी चाहने आम राष्ट्रवादी मित्रहरु लगायत नवयुवा पुस्तालाई समेत यही नयाँ अभियानमा सहभागी हुन आह्वान गर्दछु,’ राणाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

राप्रपालाई जनभावनाअनुकूल अघि बढाउने प्रयास भए पनि त्यो सफल नभएको उनको स्वीकारोक्ति छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us