काठमाडौँ- वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्
उनले उक्त अभिव्यक्तिलाई असामान्य र गम्भीर भन्दै सीमा सम्बन्धी विषयलाई दुई देशबीच पारस्परिक रूपमा प्रस्तुत गरिएको प्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
आचार्यले उक्त अभिव्यक्तिलाई असामान्य र गम्भीर भन्दै अहिलेसम्म कुनै पनि प्रधानमन्त्रीले संसद् वा सार्वजनिक रूपमा यस्तो अभिव्यक्ति नदिएको उल्लेख गरेका छन् । उनका अनुसार यस्तो भनाइ अपेक्षित थिएन ।
उनले उक्त अभिव्यक्तिले सीमा अतिक्रमणको विषयलाई दुई देशबीच पारस्परिक रूपमा प्रस्तुत गर्ने संकेत गरेको भन्दै यसले नेपालको भौगोलिक अखण्डता र सीमा सुरक्षाको संवेदनशीलतामा असर पार्न सक्ने टिप्पणी गरेका छन् ।
आचार्यले देशको सीमा संरक्षणप्रति सरकारको दृष्टिकोणबारे प्रश्न उठाउँदै नागरिकहरू थप सचेत हुनुपर्ने आवश्यकता रहेको पनि उल्लेख गरेका छन् ।