सभामुख डोलप्रसाद रास्वपाको गोठालो: सूर्य थापा

काठमाण्डु टुडे २०८३ जेठ १७ गते २२:५८ मा प्रकाशित

काठमाण्डु, १७ जेठ- एमाले नेता सूर्य थापाले सभामुख डोलप्रसाद अर्यालले संसद् सञ्चालनका क्रममा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को गोठालोको भूमिका खेलेको आरोप लगाएका छन् ।

आइतबार साँझ सामाजिक सञ्जालमार्फत थापाले सभामुख अर्यालले कुटाई भेट्नै खोजेको र अब छिट्टै भेट्ने सम्भावना देखिएको लेखेका छन् ।

पदको दुरुपयोग गरेकामा अर्यालप्रति सबैको आक्रोश बढ्दो रहेको उनको भनाइ छ ।

‘सभामुख डोलप्रसादले कुटाई भेट्न आइयूआइयूले बाँकी रह्यो । छिट्टै भेट्ने सम्भावना देखियो । रास्वपाको गोठालो बनेर पदको दुरूपयोग गरेकोमा सबैको आक्रोस बढ्दो छ’, थापाले लेखेका छन् ।

रास्वपाको स्वार्थमा विवादित प्रावधानसहितको संसद् नियमावली पारित गराउन खोजेपछि विपक्षी दलका सांसदले वेल घेराउ गर्दै नाराबाजी गरेका थिए ।

। नियमावलीमा रहेको व्यवस्थामा तीन वर्षभन्दा बढी कैद सजाय हुने वा नैतिक पतन देखिने फौजदारी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेको अवस्थामा मात्र सांसदको पद स्वतः निलम्बनमा पर्ने भन्ने व्यवस्था राखिएको छ ।

थुनाबाहिर रहेर वा धरौटीमा रिहा भएर मुद्दा लडिरहेको अवस्थामा सांसद निलम्बन नहुने पनि नियमावलीमा छ । रास्वपाले आफूलाई लक्षित गरी उक्त प्रावधान घुसाएको भन्दै विपक्षीले विरोध गरेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us