राजनीति

राजावादी समर्थकलाई नाकामा रोकियोः राप्रपा

२०८२ जेठ १५ गते १२:३१

काठमाण्डू, १५ जेठ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राजावादी आन्दोलनका लागि उपत्यका आउने क्रममा रहेका आफ्ना कार्यकर्तालाई प्रहरीले दुःख दिएको आरोप लगाएको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले आन्दोलनमा आउन लागेका कार्यकर्तालाई प्रहरीले नागढुंगा नाकामा अवरोध र अनावश्यक सोधपुछ गर्ने काम भएको आरोप लगाए ।...

२ सय ४० वर्षसम्म शासन चलाएको बदनाम अभिजात बंश अब फर्कन सम्भव छैनः ओली

२०८२ जेठ १५ गते १२:२२

काठमाण्डू, १५ जेठ– प्रधानमन्त्री केपी ओलीले जनताको निर्णय अधिकारलाई फेरि एउटा अभिजात वंशमा केन्द्रित गर्न खोज्ने प्रयास भइरहेको बताएका छन् । १८औं गणतन्त्र दिवसका अवसरमा बिहीबार टुडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै ओलीले नेपालमा अब बंश परम्परामा शासन गर्ने दिन गएको बताए । आजको...

परराष्ट्रमन्त्री राणा हङकङमा

२०८२ जेठ १५ गते १२:०२

काठमाण्डू, १५ जेठ– परराष्ट्रमन्त्री आरजु राणा देउवा हङकङ पुगेकी छन् । जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा मध्यस्थताका लागि अन्तरराष्ट्रिय संगठन स्थापनासम्बन्धी महासन्धिमा हस्ताक्षर गर्ने समारोहमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी गएराति हङकङ प्रस्थान गरेकी थिइन् । चीनको हङकङ विशेष प्रशासनिक...

मनाइयो १८औं गणतन्त्र दिवस (तस्बिरहरु)

२०८२ जेठ १५ गते ११:४४

काठमाण्डू, १५ जेठ– बिहीबार विभिन्न कार्यक्रम गरी १८औं गणतन्त्र दिवस मनाइएको छ । गणतन्त्र दिवस मुल समारोह समितिले काठमाण्डूको टुँडिखेलमा एक विशेष समारोह आयोजना गरेको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल,...

संसद् अवरुद्ध नगर्न विपक्षी दलहरु सहमत

२०८२ जेठ १५ गते ११:२९

काठमाण्डू, १५ जेठ– संगठित मानव तस्करीमा संलग्न रहेको आरोपमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर संसद अवरुद्ध गर्दै आएका विपक्षी दलहरुले बेजट ल्याउन दिने भएका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज अपराह्न तीन बजे संघीय संसदका दुवै सदनको बैठकमा आर्थिक वर्ष २०८२÷०८३ का लागि बजेट...

ओलीको चेतावनीविपरीत चक्रपथभित्र पसे राजावादी

२०८२ जेठ १५ गते ११:०८

फाइल तस्बिर काठमाण्डू, १५ जेठ– प्रधानमन्त्री केपी ओलीसहित सुरक्षा निकायको चेतावनीविपरीत राजावादी समूहले रत्नपार्कमा प्रदर्शन गर्ने भएका छन् । राजतन्त्र पुनस्र्थापना र हिन्दू राज्यसहित विभिन्न एजेण्डा अघि सारेर राप्रपा र राप्रपा नेपालसहित विभिन्न धार्मिक समूहहरुको सहभागितामा प्रदर्शन हुन लागेको हो । पूर्वपञ्च नवराज सुवेदीले...

प्रधानमन्त्रीले ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

२०८२ जेठ १५ गते १०:१२

काठमाण्डू, १५ जेठ– सरकारले आज संघीय संसदमा प्रस्तुत गर्ने आगामी आर्थिक वर्षको बजेट अनुमोदन गर्न मन्त्रिपिरषद् बैठक बस्न लागेको छ । अर्थमन्त्री विष्णु पौडेलले अपराह्न ३ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट प्रस्तुत गर्नेछन् । त्यसअघि बजेट अनुमोदनका...

ऐतिहासिक उपलब्धिको रक्षा गर्नु सबैको जिम्मेवारीः देउवा

२०८२ जेठ १५ गते ८:२४

काठमाण्डू, १५ जेठ– कांग्रेसका सभापति शेरबहादुर देउवाले बलिदानबाट प्राप्त ऐतिहासिक उपलब्धिको रक्षा गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका छन् । १८औं गणतन्त्र दिवसका अवसरमा बिहीबार स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै उनले संविधान रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको संस्थागत...

दलतन्त्र हाबी भए पनि गणतन्त्र नै सर्वोत्तम व्यवस्था होः रास्वपा

२०८२ जेठ १५ गते ८:१५

काठमाण्डू, १५ जेठ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लेदलतन्त्रको एकाधिकारले गणतान्त्रिक व्यवस्थाको मर्ममा प्रहार गरेको बताएको छ । १८औं गणतन्त्र दिवसका अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै रास्वपा कार्यबाहक सभापति डोलप्रसाद अर्यालले नागरिक सर्वोच्चता, विधिको शासन र समावेशी लोकतन्त्र गणतन्त्रका आधारभूत स्तम्भ भए पनि अहिले...

उपसभामुखले उल्लेख गरिन् गणतन्त्रका १६ महत्व

२०८२ जेठ १५ गते ७:४२

काठमाण्डू, १५ जेठ– उपसभामुख इन्दिरा राना मगरले जनताको जीवनमा सार्थक र सकारात्मक परिवर्तन ल्याई नेपाललाई सबल र आत्मनिर्भर अर्थतन्त्रसहितको विकसित राष्ट्रका रूपमा अगाडि बढाउनु गणतन्त्रको वास्तविक कार्यभार भएको बताएकी छन् । गणतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले जनताका आधारभूत अधिकारको प्रभावकारी कार्यान्वयन गर्दै...

गणतन्त्रको विकल्प वंश तन्त्र हुन सक्दैनः दाहाल

२०८२ जेठ १५ गते ७:३८

काठमाण्डू, १५ जेठ– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले गणतन्त्रको विकल्प पश्चगामी वंशीय तन्त्र हुनै नसक्ने बताएका छन् । गणतन्त्र दिवस-२०८२ का अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न संविधानको इमान्दारीपूर्वक कार्यान्वयन गर्ने, जनतालाई अपनत्व हुनेगरी समानुपातिक÷समावेशी शासन प्रणाली र सङ्घीयताको...

गणतन्त्रविरोधी गतिविधि सबै मिलेर अस्वीकार गरौंः सभामुख

२०८२ जेठ १५ गते ७:३२

काठमाण्डू, १५ जेठ– सभामुख देवराज घिमिरेले भ्रष्टाचार, असमानता र शासकीय कमजोरीजस्ता विषयमा निर्मम हुँदै समृद्ध, समावेशी र न्यायपूर्ण नेपाल निर्माण गर्नु नै गणतन्त्रको साँचो सम्मान हुने बताएका छन् । गणतन्त्र दिवसका अवसरमा बिहीबार देश–विदेशमा रहेका नेपाली दिदीबहिनी एवं दाजुभाइहरुमा शुभकामना व्यक्त घिमिरेले गणतन्त्रको भावना...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us