काठमाण्डु, १७ वैशाख – सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको खोजबिन आयोगको अध्यक्ष र सदस्यका लागि ५२ जनाले उम्मेदवारी दिएका छन् । यी दुई आयोगमा अध्यक्ष तथा सदस्य हुन चाहने व्यक्तिले मंगलबार (आज) सम्म निवेदन दिने म्याद छ । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश...
बाँके, १७ वैशाख – जनता आवास कार्यक्रमले बाँके र बर्दियामा लक्षितवर्गका लागि घर निर्माण कार्यक्रमको थालनी गरेको थियो । विसं २०७३ मा जनता आवासले काम थालेको दुई वर्ष पूरा भइसकेको छ । यसअवधिमा बाँकेका विभिन्न स्थानमा केही घर पनि निर्माण भएका छन् । लक्षितवर्गका...
काठमाण्डु, १७ बैशाख – चौध वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बस्ने ३३ वर्षीय राजकुमार साहलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरले दिएको जानकारीअनुसार बालिकामाथि आइतबार नै बलात्कार भए पनि भोलिपल्ट सोमबार मात्र परिवारजनले प्रहरीमा उजुरी गरेपछि अभियुक्त...
काठमाण्डु, १७ बैशाख – नेत्र विक्रम चन्द ‘विप्लव’का पूर्व बडीगार्ड सूर्य भुजेल जेल चलान भएका छन् । सोमबार ललितपुर जिल्ला अदालतले भुजेललाई नख्खु कारागारमा राख्न आदेश दिएको हो । ललितपुरको नख्खुस्थित एनसेल मुख्यालयमा भएको बम विस्फोटमा संलग्न भएको भन्दै भुजेलाई महानगरीय अपराध महाशाखाको टोलीले...
काठमाण्डु, १७ बैशाख – वैैदेशिक रोजगार विभागले देशका १० वटा म्यानपावर कम्पनी खारेज गरेको छ । समयमा नवीकरण नगर्ने तथा गल्ती दोहो¥याइरहने म्यानपावर कम्पनीहरूलाई खारेज गरिएको विभागले जनाएको छ । विभागले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार स्टामफोर्ड ब्रिज इन्टरनेशनल सर्भिस प्रालि, इमरेल्ड इन्टरनेशनल कन्सल्टेन्सी, ध्वनी...
काठमाण्डु, १७ वैशाख – काठमाण्डु उपत्यकासहित देशैभर गर्मी बढेको छ । केहीदिन अघिसम्म सक्रिय रहेको प्रिमनसुन अहिले कमजोर हुँदा मौसम सफा छ । मौसम सफा भएकाले देशभरी नै तापक्रम बढेर गर्मी भएको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...
ललितपुर, १७ वैशाख – ललितपुरको बाग्मती गाउँपालिका–३ तीनपानेमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । तीनपानेबाट भट्टेडाँडातर्फ जाँदै गरेको बा ५ च ५६९६ नम्बरको जीप दुर्घटना हुँदा तीन किशोर–किशोरीको ज्यान गएको हो । दुर्घटनामा महोत्तरी बर्दिबासका १९ वर्षीय विशाल थापामगर, ललितपुर तीनपानेकी...
काठमाण्डु, १६ वैशाख– संघीय मामिला मन्त्रालयका सह–सचिव रुद्रसिंह तामाङ खुलामञ्च अतिक्रमण प्रकरणमा तानिने भएका छन् । अख्तियार अनुसन्धान आयोगले सुरु गरेको अनुसन्धानका क्रममा तामाङ अनुसन्धान घेरामा तानिएका हुन् । अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले खुलामञ्च अतिक्रमणबारे अनुसन्धान थालिएको बताए । काठमाण्डु महानगरपालिकाका तत्कालीन प्रमुख तामाङ...
मोरङ, १६ वैशाख– मोरङको मिक्लाजुङ गाउँपालिका–६ बक्राहा खोलामा अत्याधुनिक हतियार एम–१६ एटु राइफल फेला परेको छ । अमेरिकामा बनेको उक्त राइफल नेपालमा नेपाली सेनाले मात्र प्रयोग गर्दै आएको छ । मोरङ प्रहरी प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठका अनुसार बरामद हतियार इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखिएको...
पाल्पा, १६ वैशाख–पाल्पाको निस्दी गाउँपालिका–७ हुवासबाट बेहुली लिएर फर्कंदै गरेको जिप भिरपानीमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । जिपमा सवार बेहुलाबेहुली भने हामफालेर बाँच्न सफल भए । प्रहरीले बताएअनुसार जिप पल्टने लागेको चाल पाएपछि बेहुलाले बेहुलीको हात समातेर हामफालेका थिए । उनीहरु...
सिन्धुली, १६ बैशाख – सिन्धुलीमा चोरी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । ६१ तोला सुन चोरीको आरोपमा सोमबार जिल्ला प्रहरी कार्यालय सिन्धुलीले पत्रकार सम्मेलन गरी सिन्धुलीको कमलामाई नगरपालिका–५, देउराली, रानीखोलाका विनोदकुमार दियाली, बुद्ध दियाली, प्रदीप दियाली, कमलामाई नगरपालिका–७, ठूलीटारका हरि खत्री...
इलाम, १६ बैशाख – चियाको मुनामा राजा मानिन्छ ‘फस्ट फ्लस’ वा पहिलो टिपाइको मुना । यो गुणस्तरका हिसाबले एक नम्बरको मानिन्छ । यही टिपाइको चिया किन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यवसायीको ओइरो लाग्छ । किसानले यसको दाम पनि राम्रै पाउँछ । विशेष गरी चैत महिनापछि...