किशोरी बलात्कारको आरोपमा साह पक्राउ

काठमाण्डु टुडे २०७६ वैशाख १७ गते ११:१४ मा प्रकाशित

काठमाण्डु, १७ बैशाख – चौध वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बस्ने ३३ वर्षीय राजकुमार साहलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरले दिएको जानकारीअनुसार बालिकामाथि आइतबार नै बलात्कार भए पनि भोलिपल्ट सोमबार मात्र परिवारजनले प्रहरीमा उजुरी गरेपछि अभियुक्त साहलाई प्रहरीले पक्राउ गरिएको हो ।

घरमा कोही नभएको मौका छोपी साहले घरमा प्रवेश गरी बालिकालाई बलात्कार गरेको बताइएको छ । बालिकालाई स्वास्थ्य परीक्षणको लागि जनकपुर अञ्चल अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार पीडक साहलाई हिरासतमा राखी जबर्जस्ती करणीको मुद्दा चलाउने तयारी गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us