मुलुक प्रमुख

भरुवा बन्दुकसहित शव फेला

२०७६ वैशाख १८ गते १२:१९

कपिलवस्तु, १८ बैशाख – कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ९ मा भरुवा बन्दुकसहित एक व्यक्तिको शव फेला परेको छ । शिवगढी नजिक वगराह खोलाको किनारमा अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको र शवको नजिकै एक थान भरुवा बन्दुकसमेत रहेको प्रहरीले जनाएको छ ।...

वरिष्ठ अर्थोपेडिक सर्जन डा. मुकुन्द दाहालको निधन

२०७६ वैशाख १८ गते ११:४२

काठमाण्डु, १८ बैशख – नेपाल चिकित्सक संघका उपाध्यक्ष एवं वरिष्ठ अर्थोपेडिक सर्जन डा. मुकुन्द दाहालको निधन भएको छ । दाहालको गएराति वि.पी स्मृती अस्पताल बसुन्धरा काठमाण्डुमा निधन भएको नेपाल चिकित्सक संघले जनाएको छ । डा. दाहाल नेपाल चिकित्सक संघका उपाध्यक्ष एवं नेपाल सरकारको १०औं...

प्रेस स्वतन्त्रताका लागि ऐक्यबद्धता र्‍याली आयोजना

२०७६ वैशाख १८ गते ११:४१

काठमाण्डु, १८ वैशाख – २६औँ विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि ऐक्यबद्धता र्‍याली आयोजना गरेको छ । बबरमहलबाट शुरू भएको र्‍याली बिजुलीबजार हुँदै नयाँ बानेश्वरस्थित संघीय संसद् भवन अगाडि पुगेर कोणसभामा परिणत भएको थियो । र्‍यालीमा सहभागीहरुले...

भारतमा ‘फेनी’ नामको शक्तिशाली आँधी आउने चेतावनी, नेपालमा के हुन्छ ?

२०७६ वैशाख १८ गते ११:३२

काठमाण्डु, १८ वैशाख – भारतमा ‘फेनी’ नामको शक्तिशाली आँधी आउने भारतीय मौसम विभागले चेतावनी दिएको छ । विभागले भारतका तमिलनाडु, पुडुचेरी, आन्ध्र प्रदेशका तटीय क्षेत्र लगायतका स्थानमा तीव्र वेगको आँधी आउनसक्ने भन्दै भन्दै मे ३ अर्थात् यही वैशाख २० गतेसम्म सतर्क रहन चेतावनी दिएको...

चितवनमा वन्यजन्तुको आक्रमणबाट १२ जनाको मृत्यु

२०७६ वैशाख १८ गते ११:२९

चितवन, १८ बैशाख – चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ । चालू आर्थिक वर्षको हालसम्म वन्यजन्तुको आक्रमणबाट १२ को मृत्यु भएको छ । निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार गत आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट पाँचको मृत्यु...

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२०७६ वैशाख १८ गते ११:२६

चितवन, १८ बैशाख – टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ भने मोटरसाइकलमा सवार एक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ना७ख २२६९ नंको टिपरले ना१८प १००१ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । चौबिसकोठीबाट भरतपुर महानगरपालिका–५...

बिवाह बन्धनमा बाँधिदै पूर्वराष्ट्रपति रामवरण यादवकी छोरी

२०७६ वैशाख १८ गते १०:४४

काठमाण्डु, १८ वैशाख – पूर्वराष्ट्रपति डा. रामवरण यादवकी छोरी अनिता यादवको विवाह हुने भएको छ । लण्डनमा अध्ययन गरेकी यादवको विवाह यही वैशाख २३ गतेलाई तय गरिएको हो । उनको विवाह रौतहटका इञ्जिनियर रमेश यादवसँग हुने भएको पारिवारिक स्रोतले जनाएको छ । फेसन डिजाइनर...

अपहरित बालकको प्रहरीले गर्यो भारतबाट उद्धार

२०७६ वैशाख १७ गते १७:४४

सप्तरी, १७ बैशाख – बिहे मण्डपबाट अपहरित राजगढ गाउँपालिका–३ नर्घोका एक बालकको प्रहरीले उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरी उद्धार गरिएका बालक १२ वर्षीय लक्ष्मण यादवलाई उनको परिवारको जिम्मा लगाएको छ । गत शुक्रबार राति मामाको बिहेमा जन्ती गएका...

निर्माण व्यवसायीलाई कसले दियो गोली हान्ने धम्की ?

२०७६ वैशाख १७ गते १७:०३

काठमाण्डु, १७ वैशाख – निर्माण व्यवसायीहरुलाई ‘अननोन मोबाईल नम्बर’ बाट ज्यान मार्ने धम्की आउँदा पनि सरकारले चासो नदिएको नेपाल निर्माण व्यवसायी महासंघले गुनासो गरेको छ । नेपाल निर्माण व्यवसायी महासंघले मंगलबार काठमाण्डुमा पत्रकार सम्मेलन गरी महासंघका अध्यक्ष, महासचिवलगायतका २५ जनाभन्दा बढि निर्माण व्यवसायीहरुलाई ‘अननोन...

रुख ढल्दा स्काभेटर कर्णाली नदीमा खस्यो

२०७६ वैशाख १७ गते १४:५५

हुम्ला, १७ वैशाख – रुख ढल्दा सडक निर्माणका क्रममा रहेको स्काभेटर कर्णाली नदीमा खसेको छ । कर्णाली करिडोरको खार्पु सुनखाडा खण्डको याङ्चु बगरस्थित घुमाउनेमा सडक निर्माण गर्ने क्रममा माथिबाट रुख ढल्दा स्काभेटर कर्णाली नदीमा खसेको हो भने चालक घाईते भएका हुन् । सडक निर्माण...

ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गर्ने बानेश्वरका श्रेष्ठसहित चार जना पक्राउ

२०७६ वैशाख १७ गते १४:४३

काठमाण्डु, १७ बैशाख – ड्युटीमा खटिएका प्रहरीलाई हातपात गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग बल्खुबाट खटिएको प्रहरीको टोलीले मंगलवार बिहान काठमाण्डु बानेश्वर बस्ने २२ वर्षीय विवश श्रेष्ठसहित चार जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । काठमाण्डु महानगरपालिका–१४ स्थित...

युवतीको मृत्युपछि कैलाली तनावग्रस्त

२०७६ वैशाख १७ गते १४:१०

धनगढी, १७ वैशाख – पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको लम्कीमा ट्रकको ठक्करबाट स्थानीय एक युवतीको मृत्यु भएपछि गरिएको प्रदर्शनले लम्की क्षेत्र आज तनाबग्रस्त बनेको छ । ना ७ ख ९२३३ नंको ट्रकको ठक्करबाट लम्की बहुमुखी क्याम्पसमा अध्ययनरत १९ वर्षीया सुनिता रावलको मृत्यु भएपछि आक्रोशित स्थानीय...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us