६१ तोला सुन चोर्ने पाँच जना पक्राउ

काठमाण्डु टुडे २०७६ वैशाख १६ गते १७:२८ मा प्रकाशित

सिन्धुली, १६ बैशाख – सिन्धुलीमा चोरी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

६१ तोला सुन चोरीको आरोपमा सोमबार जिल्ला प्रहरी कार्यालय सिन्धुलीले पत्रकार सम्मेलन गरी सिन्धुलीको कमलामाई नगरपालिका–५, देउराली, रानीखोलाका विनोदकुमार दियाली, बुद्ध दियाली, प्रदीप दियाली, कमलामाई नगरपालिका–७, ठूलीटारका हरि खत्री र मोरङको सुन्दरहरैंचा नगरपालिका–२ का सुनिल बराइलीलाई सार्वजनिक गरेको हो ।

चोरीमा संलग्न अरु तीनजना अझै फरार रहेको र उनीहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । गएको फागुन ६ गते सदरमुकाम सिन्धुलीमाडीस्थित स्टलबजारमा रहेको मिश्राकुमारी खड्काको घरमा डेरागरी बस्ने सुरजित सरकारको कोठाबाट उनीहरुले ६१ तोला सुन चोरेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us