विप्लवका ‘बडीगार्ड’ सूर्य भुजेल जेल चलान

काठमाण्डु टुडे २०७६ वैशाख १७ गते ११:०६ मा प्रकाशित

काठमाण्डु, १७ बैशाख – नेत्र विक्रम चन्द ‘विप्लव’का पूर्व बडीगार्ड सूर्य भुजेल जेल चलान भएका छन् । सोमबार ललितपुर जिल्ला अदालतले भुजेललाई नख्खु कारागारमा राख्न आदेश दिएको हो ।

ललितपुरको नख्खुस्थित एनसेल मुख्यालयमा भएको बम विस्फोटमा संलग्न भएको भन्दै भुजेलाई महानगरीय अपराध महाशाखाको टोलीले फागुन १५ गते काठमाण्डुबाट पक्राउ गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us