१० म्यानपावर कम्पनी खारेज, कुन–कुन परे ?

काठमाण्डु टुडे २०७६ वैशाख १७ गते १०:५३ मा प्रकाशित

काठमाण्डु, १७ बैशाख – वैैदेशिक रोजगार विभागले देशका १० वटा म्यानपावर कम्पनी खारेज गरेको छ ।

समयमा नवीकरण नगर्ने तथा गल्ती दोहो¥याइरहने म्यानपावर कम्पनीहरूलाई खारेज गरिएको विभागले जनाएको छ ।

विभागले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार स्टामफोर्ड ब्रिज इन्टरनेशनल सर्भिस प्रालि, इमरेल्ड इन्टरनेशनल कन्सल्टेन्सी, ध्वनी इन्टरनेशनल प्रालि, पथ इन्टरनेशनल इम्प्लाइमेन्ट सर्भिस र प्रिसाइस इन्टरनेशनल प्रालि खारेज भएका हुन् ।

यसैगरी इनोभेटिभ सर्भिसेस प्रालि, रि क्रियशन इन्टरनेशनल प्रालि, वर्ल्ड फस्ट जब प्लेसमेन्ट प्रालि, प्रसिद्ध ओभरसिज प्रालि र निजम ओभरसिज प्रालि खारेजीमा परेको विभागले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us