मेलमिलाप आयोगको अध्यक्ष र सदस्य बन्न ५२ जनाको दरखास्त

काठमाण्डु टुडे २०७६ वैशाख १७ गते ११:५१ मा प्रकाशित

काठमाण्डु, १७ वैशाख – सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको खोजबिन आयोगको अध्यक्ष र सदस्यका लागि ५२ जनाले उम्मेदवारी दिएका छन् । यी दुई आयोगमा अध्यक्ष तथा सदस्य हुन चाहने व्यक्तिले मंगलबार (आज) सम्म निवेदन दिने म्याद छ ।

सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र संयोजकत्वको समितिमा सोमबारसम्म ५२ जनाले यी दुई आयोगका लागि निवेदन दिएको समिति सदस्य तथा राष्ट्रिय मानवअधिकार आयोगका आयुक्त प्रकाशचन्द्र वस्तीले जानकारी दिए ।

मंगलबार संघीय संसद प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समिति बैठकमा वस्तीले एकदिन बाँकी रहँदासम्म ५२ जनाले अध्यक्ष र सदस्य गरि विभिन्‍न पदमा दर्खास्त दिएको जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us