मोरङमा भेटियो अत्याधुनिक अमेरिकी हतियार

काठमाण्डु टुडे २०७६ वैशाख १६ गते २१:२६ मा प्रकाशित

मोरङ, १६ वैशाख– मोरङको मिक्लाजुङ गाउँपालिका–६ बक्राहा खोलामा अत्याधुनिक हतियार एम–१६ एटु राइफल फेला परेको छ ।
अमेरिकामा बनेको उक्त राइफल नेपालमा नेपाली सेनाले मात्र प्रयोग गर्दै आएको छ ।
मोरङ प्रहरी प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठका अनुसार बरामद हतियार इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखिएको छ । माटोमा पुरिएर राखिएको हतियारमा खिला लागेको छ । श्रेष्ठले उक्त हतियारका अधिकांश पार्टपूर्जा काम नगर्ने अवस्थामा रहेको जनाए । जेसिबीले खोलामा बालुवा खन्ने क्रममा हतियार फेला परेपछि मजदुरहरुले प्रहरीमा खबर गरेका थिए । मोरङ प्रहरी प्रमुख एसपी मनोज केसीले हतियार फेला परेको विषयमा गम्भीर अनुसन्धान थालिसकिएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us