अन्तर्राष्ट्रिय

अफगानिस्तानमा हिमपातका कारण पच्चीस जनाको मृत्यु

२०७९ माघ ५ गते १२:३३

एजेन्सी -निरन्तर भयको हिमपातका कारण अफगानिस्तानको उत्तरी जाज्जान र छिमेकी सारी पुल प्रान्तमा २५ जनाको मृत्यु भएको छ । जाज्जान प्रान्तको खमाब, खानका र आक्चा जिल्लामा बिगत दुई दिनदेखि भारी हिमपात हुँदा कठ्याङ्ग्रिएर नौ जना पुरुष, चार बालबालिका र पाँच जना महिलासहित १८ जनाकोर...

युक्रेनमा भएको हेलिकप्टर दुर्घटनामा गृहमन्त्रीसहित १६ जनाको मूत्यु

२०७९ माघ ४ गते १५:१९

एजेन्सी– युक्रेनमा भएको हेलिकप्टर दुर्घटनामा १६ जनाको मूत्यु भएको छ । त्यहाँका आन्तरिक मामिला मन्त्री डेनिस मोनास्टिरस्की सहित १६ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा २ जना बालबालिका छन् । १० जना बालबालिकासहित २२ जना घाइते भएका र उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको...

जापानले यो वर्ष रेडियोधर्मी पानी समुन्द्रमा छोड्ने

२०७९ माघ ३ गते १२:४४

एजन्सी– जापानले यो वर्ष नष्ट भएको फुकुसीमा आणविक उर्जा केन्द्रबाट १० लाख टनभन्दा बढी पानी समुन्द्रमा छोड्ने भएको छ । उपचारपछि अधिकाशं रेडियोधर्मी कणहरूको स्तर राष्ट्रयि मापदण्ड पूरा गर्ने अपरेटरले बताएका छन । उपचारपछि अधिकांश रेडियोधर्मी कणहरूको स्तर राष्ट्रिय मापदण्ड पूरा गर्ने अपरेटरले जानकारी...

चीनको रासायनिक कारखानामा भएको विस्फोटमा परी दुई जनाको मृत्यु

२०७९ माघ २ गते १२:३३

एजेन्सी– चीनको एक रासायनिक कारखानामा भएको विस्फोटमा परी दुई जनाको मृत्यु भएको छ । उत्तरपूर्वी लियाओनिङ प्रान्तको पानशान काउन्टीमा रहेको एक कारखानामा आइतबार दिउँसो विस्फोट भएको सरकारी प्रसारक सिसिटिभीले जानकारी दिएको छ । यस्तै उक्त विस्फोटमा परी १२ जना हराइरहेका छन् । घटनामा ३४...

अफगानिस्तानमा पूर्वसांसदको गोली हानी हत्या

२०७९ माघ २ गते ११:४२

ऐजेन्सी- अफगानिस्तानमा एक जना पूर्वसांसदको गोली हानी हत्या गरिएको छ। उनलाई काबुलस्थित आफ्नै घरमा अज्ञात समूहले गोली हानेको समाचार संस्था रोयटर्स ले जनायको छ । आइतबार भएको उक्त घटनामा पूर्वसांसद ३२ वर्षीया मरसल नविजादा र उनका सुरक्षा गार्ड मारिएका छन् भने उनका भाइ घाइते...

फिलिपिन्समा आँधीमा परी २७ जनाको मृत्यु

२०७९ माघ १ गते १६:०६

एजेनसी– फिलिपिन्समा यस महिना आँधीमा परी २७ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन । मौसमविद्हरूले विपद्को जोखिममा रहेको देशमा लगातार भारी वर्षा हुने चेतावनी दिएका छन । भारी वर्षा र बाढीले क्रिसमस सप्ताहन्तदेखि देशको दक्षिणी र मध्य टापुहरूलाई त्रसित बनाएको र हजारौंलाई आफ्नो घर...

पेरुमा सरकारविरोधी प्रदर्शनमा ४२ जनाको मृत्य

२०७९ माघ १ गते १२:२७

एजेन्सी–पछिल्लो समयमा राष्ट्रपति डिना बोल्वार्टेविरुद्धको प्रदर्शन चर्किएपछि पेरु सरकारले राजधानी लिमा र अन्य तीन क्षेत्रहरूमा संकटकाल घोषणा गरेको छ । प्रदर्शनमा कम्तीमा ४२ जनाको मृत्यु भइसकेको छ भने दर्जनौँ घाइते भएको बताइएको छ । ३० दिनको लागि लागू गरिएको संकटकालमा सेनालाई आदेश कायम राख्न...

दक्षिण कोरियामा कार समुद्रमा खस्दा चार जनाको मृत्यु

२०७९ पुष २८ गते १६:२८

 एजेन्सी– दक्षिण कोरियामा आज बिहीबार बिहान दक्षिण दक्षिणपूर्वमा एउटा कार समुद्रमा खस्दा चार जनाको मृत्यु भएको योनहाप समाचार एजेन्सीले प्रहरीलाई उदृत गर्दै बताएको छ । यात्रुवाहक गाडी स्थानीय समयानुसार बिहान १०ः४८ मा देशको दक्षिणी टापु जिओजेबाट करिब १०० मिटर तल समुद्रमा खसेको थियो ।...

पेरुमा सरकार विरोधी प्रदर्शनमा एक जना प्रहरी अधिकृतको ज्युँदै जलाएर हत्या

२०७९ पुष २७ गते १७:२१

एजेन्सी – पेरुमा सरकार विरोधी प्रदर्शनमा प्रदर्शनकारीले एक जना प्रहरी अधिकृतको ज्युँदै जलाएर हत्या गरेका छन। एक जना सहकर्मीका साथ गस्तीमा रहेका २९ वर्षीय जोसे लुइस सोनको क्विस्पेलाई सोमबार राति बोलिभिया र टिटिकाका तालको सिमानामा रहेको सहर जुलियाकामा भीडले आक्रमण गरेर उनीहरूको गाडीमा आगो...

रुसबाट आएको जहाजमा बमको हल्ला, भारतको गुजरातमा आपतकालीन अवतरण

२०७९ पुष २६ गते ९:०७

एजेन्सी– रुसको राजधानी मस्कोबाट भारतको गोवा आउँदै गरेको जहाज बम रहेको सूचनापछि आपतकालीन अवतरण गराइएको छ । रुसबाट आएको अजुर एयरको चार्टर्ड जहाजमा बम रहेको हल्लापछि गुजरातको जमनगरस्थित सैनिक ब्यारेकमा आपतकालीन अवतरण गराइएको हो । विमान डैबोलिम विमानस्थलमा अवतरण हुनुपर्ने थियो । विमानमा २...

इन्डोनेसियामा शक्तिशाली भूकम्प

२०७९ पुष २६ गते ९:००

एजेन्सी– इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ । इण्डोनेसियाको तानिम्बर क्षेत्रमा मंगलबार ७.७ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको हो । अमेरिकी भू–गर्भ विभागका अनुसार ७.७ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का उत्तरी अष्ट्रेलियाका केही भागमा समेत महसुस गरिएको थियो । भूकम्पपछि चारवठा ठूल्ठूला...

गुजरातबाट लखनउतर्फ आइरहेको बस दुर्घटना हुँदा ३ जना नेपालीसहित ४ जनाको मृत्यु

२०७९ पुष २५ गते ११:५१

काठमाण्डु,२५ पुस– भारतको गुजरातबाट लखनउतर्फ आइरहेको एक बस दुर्घटना हुँदा ३ जना नेपालीसहित ४ जनाको मृत्यु भएको भने अन्य १७ जना घाइते भएका छन् । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार मृत्यु भएका तीन जना नेपालीहरु कैलाली टीकापुरका रहेका छन । मूत्यु हुनेमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us