गुजरातबाट लखनउतर्फ आइरहेको बस दुर्घटना हुँदा ३ जना नेपालीसहित ४ जनाको मृत्यु

काठमाण्डु टुडे २०७९ पुष २५ गते ११:५१ मा प्रकाशित

काठमाण्डु,२५ पुस– भारतको गुजरातबाट लखनउतर्फ आइरहेको एक बस दुर्घटना हुँदा ३ जना नेपालीसहित ४ जनाको मृत्यु भएको भने अन्य १७ जना घाइते भएका छन् ।

कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार मृत्यु भएका तीन जना नेपालीहरु कैलाली टीकापुरका रहेका छन ।

मूत्यु हुनेमा कैलाली टीकापुर नगरपालिका–१ का ५५ वर्षीय चन्द्र साउद, ४५ वर्षीय ललित साउद र २० वर्षीया निर्मला बोहरा रहेका छन ।

जिल्ला प्रहरी कार्यालय कैलालीले पनि तीन जना नेपाली र एक जना भारतीय चालक गरी चार जनाको मृत्यु भएको बताएका छन ।

दुर्घटना यही पुस २३ गते राति करिब १२ बजेतिरको हो । बस लखनउभन्दा करिब १५ किलोमिटर टाढा दुर्घटना भएको थियो । बस दुर्घटनाको कारण खुल्न सकेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us