मोहन बस्नेत र माया राईबारे देउवाः हामी पनि जेल बसेर आएका हौं

काठमाण्डु टुडे २०८२ जेठ ३ गते २०:५४ मा प्रकाशित

काठमाण्डू, ३ जेठ- कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका निलम्वित सांसदहरु मोहनबहादुर बस्नेत र माया राई राईविरुद्ध मुद्धा दायर हुनु सामान्य भएको बताए ।

शनिबार नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बसेको बैठकमा सांसदहरुले बस्नेत र राईबारे प्रश्न उठाएपछि देउवाले जवाफ दिएका थिए ।

उनले आफूहरु पनि जेल बसेर आएको भन्दै बस्नेत र राई प्रकरण सामान्य भएको जवाफ दिए ।

काँग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले बैठकमा बस्नेत र राईको कुरा उठेपछि देउवाले राजनीतिमा यस्तो हुने भन्दै त्यसलाई ठूलो रुपमा नलिन भनेको जानकारी दिए ।

बस्नेतविरुद्ध टेरामक्स खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा र राईविरुद्ध प्रहरीले सहकारी ठगीमा मुद्धा दायर गरेको छ । राई प्रहरीको फरार सूचीमा छिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us