अर्थ

आरोहीलाई थप सुविधा दिन माग

२०७० कार्तिक १५ गते ६:१९

काठमाण्डु, १५ कात्तिक–नेपालको पर्वतीय पर्यटनकोे संबर्द्धन र प्रवर्द्धनका लागि स्थापित नेपाल पर्वतारोहण संघले चार दशक पार गरेको छ । संघको ४० औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार काठमाण्डुमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रामकुमार श्रेष्ठले पर्वतीय पर्यटनको विकासका लागि विभिन्न क्षेत्रबाट योगदान पु्र्‍याउने साहसिक...

नेपाली ट्रेकिङ कम्पनीले पायो अन्तर्राष्ट्रिय पुरस्कार

२०७० कार्तिक १४ गते १३:१८

काठमाण्डु, १४ कात्तिक– माउन्टेन डिलाइट्स ट्रेक्स एण्ड एक्सपिडिसनले एसियाभरीबाट ‘रेस्पोन्सिबल टुरिज्म इन्स्पाइरिङ स्टोरिज फ्रोम डेस्टिनेसन कम्पिटिसन’मा जित हासिल गरेको छ । एसियाभरका ट्रेकिङ कम्पनी मध्येबाट गरिएको एक्सपिडिसनमा ३ कम्पनी ‘टप थ्री विनर्स एट आइटिबी एसिया’मा पर्न सफल भएको माउन्टेन डिलाइट्सका प्रवन्ध निर्देशक कमल सापकोटाले बताए...

पाला बनाउन भ्याइनभ्याइ, फूलखेतीले मनग्गे आम्दानी

२०७० कार्तिक १४ गते ११:५२

भक्तपुर, १४ कात्तिक- तिहार आएपछि भक्तपुरमा माटोका भाँडा बनाउँदै आएका कुमाले समुदायलाई पाला बनाउन र बिक्री गर्न भ्याइनभ्याइ भएको छ । माग धेरै भएकाले र तिहार आइसकेकाले यहाँका पाला बनाउने कुमाले समुदायका सिङ्गो परिवार पाला बनाउन र बिक्री गर्न मै व्यस्त भएका छन् ।...

पाँच महिनापछि मात्र पुग्छ सामान

२०७० कार्तिक १४ गते ११:४५

मुगु, १४ कात्तिक– कर्णाली राजमार्गअन्तर्गत नाग्मा गमगढी सडकखण्डबाट नेपालगन्ज र सुर्खेतबाट ढुवानी गरेका व्यापारीका सामान सदरमुकाम गमगढीमा पुग्न पाँच महिना लाग्ने गरेको छ । कर्णाली राजमार्गअन्तर्गत कालिकोट जिल्लाको नाग्मादेखि मुगुको सदरमुकाम गमगढीसम्म ९४ किलोमिटर सडकको मर्मत संभार नहँुदा मिनी ट्रक र ट्र्याक्टरबाट ढुवानी गरिएका...

एक गाउँ एक उत्पादन डेरी

२०७० कार्तिक १४ गते ११:४५

बनेपा, १४ कात्तिक– एक गाउँ एक उत्पादन (डेरी) कार्यक्रम आजदेखि काभ्रेमा सुरु भएको छ । कार्यक्रम कार्यान्वयन समितिले कुशादेवीमा कृषक भेलाको आयोजना गरी परियोजनाको रुपमा पाँच वर्षका लागि कार्यक्रम सुरु भएको जनाएको छ । कार्यक्रम कार्यान्वयन समितिका अध्यक्ष तथा उद्योग वाणिज्य सङ्घका अध्यक्ष दियशरत्न...

तीन महिनामा सात हजार पर्यटक

२०७० कार्तिक १३ गते १२:०८

सोलुखुम्बु, १३ कात्तिक– सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा साउन, भदौ र असोज महिनामा गरी कूल सात हजार ६९५ जना पर्यटकले भ्रमण गरेका छन् । सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेको तथ्याङ्कअनुसार सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा गत असोज महिनामा ६ हजार ४६२ जना, भदौ महिनामा ९३१ जना...

तिहारको मौका छोपेर भारतबाट अखाद्य तेल र सस नेपाल भित्रिँदै

२०७० कार्तिक १३ गते ११:५९

कञ्चनपुर, १३ कात्तिक– खुल्ला सिमानाको फाइदा उठाउँदै तस्करले कञ्चनपुरमा अखाद्य प्रतिबन्धित खाने तेल भित्र्याउन थालेका छन् । जिल्लाको दक्षिणी क्षेत्र बेलौरी, लक्ष्मीपुर, महाकाली पारीका दोधारा चाँदनी क्षेत्रबाट प्रतिबन्धित खाने तेल भित्र्याउने गरेको पाइएको हो । तिहार र छठलगायतका चाडपर्व नजिकिँदै गर्दा भारतबाट अखाद्य तेल...

निर्यातमुखी अर्थतन्त्रमा अर्थमन्त्रीको जोड

२०७० कार्तिक १३ गते ९:११

काठमाण्डु, १३ कात्तिक– अर्थ, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री शङ्करप्रसाद कोइरालाले मुलुकको आयातमुखी अर्थतन्त्रलाई उत्पादनमुखी बनाई क्रमशः निर्यातमुखी बनाउन जरुरी भएको बताएका छन् । अर्थमन्त्रीले मुलुकको अर्थतन्त्रलाई अघि बढाउन प्रतिस्पर्धात्मक र तुलनात्मक लाभका वस्तुको प्रवद्र्धन गर्न जरुरी भएको उल्लेख गर्दै तुलनात्मक लाभका वस्तुमध्ये हस्तकला दरिलो...

पोखरामा पुष्प व्यापार मेला

२०७० कार्तिक १३ गते ३:४७

पोखरा, १३ कात्तिक–फ्लोरिकल्चर एसोसिएसन नेपाल कास्कीले यही कात्तिक १४ देखि १७ गतेसम्म पोखरा सभागृहमा दोस्रो क्षेत्रीय गोदावरी प्रदर्शनी एवम् पुष्प व्यापार मेला आयोजना गर्ने भएको छ ।  मेलामा करिब ३०० प्रजातिका फूल तथा बोटबिरुवाको प्रदर्शनी हुने छ । १५ देखि २० हजार दर्शकले अवलोकन...

खाद्यान्न अभाव हुने राष्ट्रमा नेपाल पनि

२०७० कार्तिक १२ गते १५:३७

विराटनगर, १२ कात्तिक– नेपाल विश्वको खाद्यान्न अभाव भएका ३१ राष्ट्र मध्ये १६ औा स्थानमा रहेको छ । ३३ औं विश्व खाद्य दिवसका अवसरमा जिल्ला कृषि विकास कार्यालय मोरङले गरेको कार्यक्रममा सो जानकारी दिइएको छ । ‘खाद्य सुरक्षा तथा पोषणको आधारमा खाद्य, खाद्य प्राणालीमा दिगो...

गाई पालेर २० हजार, कपाल काटेर १५ हजार

२०७० कार्तिक १२ गते १४:३०

नेपालगन्ज, १२ कात्तिक– रझेना गाविस–१ मैटहवाका कृषक दीपेन्द्र चौधरीले गाईपालन फार्म सञ्चालन गरी मासिक लाखौं मुनाफा गरेका छन् । फार्ममा रहेका ६ वटा जर्सी गाईले प्रत्येक दिन सरदर ५५ लिटर दूध दिने गरेको र सो दूध स्थानीय बनकटवा डेरीमा प्रतिलिटर रु २५ देखि ३१...

एडिबीद्वारा नेपालका लागि १५ अर्ब

२०७० कार्तिक १२ गते ११:४१

काठमाण्डु, १२ कात्तिक– एसियाली विकास बैंक (एडिबी)ले नेपालको विकास परियोजनाका लागि करिब १५ खर्ब रुपैयाँ (१५ अर्ब अमेरिकी डलर) छुट्याइएको छ । नेपालसँगको पाँचवर्षे साझेदारी रणनीति स्वीकृत गर्दै नेपालको दिगो एवम् समावेशी आर्थिक विकास सुनिश्चित गर्न एडिबीले रकम छुट्याएको हो । नेपालस्थित एडिबीको आवासीय...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us