तीन महिनामा सात हजार पर्यटक

काठमाण्डु टुडे २०७० कार्तिक १३ गते १२:०८ मा प्रकाशित

sagarmatha_national_parkसोलुखुम्बु, १३ कात्तिक– सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा साउन, भदौ र असोज महिनामा गरी कूल सात हजार ६९५ जना पर्यटकले भ्रमण गरेका छन् ।

सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेको तथ्याङ्कअनुसार सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा गत असोज महिनामा ६ हजार ४६२ जना, भदौ महिनामा ९३१ जना र साउन महिनामा २९२ जना गरी कूल सात हजार ६९५ जना पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गरेका हुन् ।

यस्तै सोही महिनामा सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालयले एक करोड ६० लाख ६२ हजार ८२३ रुपैयाँ ८० पैसा राजस्व सङ्कलन गरेकोछ । कार्यालयको तथ्याङ्कअनुसार असोज महिनामा सबैभन्दा धेरै एक करोड ५१ लाख ९४ हजार ३ सय ५१ रुपैयाँ ३० पैसा, भदौ महिनामा  २४ लाख २ हजार ५८२ रुपैयाँ ९३ पैसा र साउन महिनामा ६ लाख २५ हजार ८ सय ८९ रुपैयाँ ६२ पैसा राजस्व सङ्कलन गरेको छ ।

सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेका सहायक संरक्षण अधिकृत भूमिराज उपाध्यायका अनुसार सगरमाथा क्षेत्र घुम्न आउने विदेशी पर्यटकको विवरण हो भने राजस्वमा पर्यटक प्रवेश शुल्क, पर्यटन भरिया प्रवेश शुल्क, हेलिकोप्टर अवतरण शुल्क, काठको पुर्जी, ढुङ्गा बालुवा सङ्कलन, होटल सञ्चालन शुल्क, साहसिक पर्यटन गतिविधि सञ्चालन शुल्कलगायत रहेका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us