पाँच महिनापछि मात्र पुग्छ सामान

काठमाण्डु टुडे २०७० कार्तिक १४ गते ११:४५ मा प्रकाशित

karnali highwayमुगु, १४ कात्तिक– कर्णाली राजमार्गअन्तर्गत नाग्मा गमगढी सडकखण्डबाट नेपालगन्ज र सुर्खेतबाट ढुवानी गरेका व्यापारीका सामान सदरमुकाम गमगढीमा पुग्न पाँच महिना लाग्ने गरेको छ ।

कर्णाली राजमार्गअन्तर्गत कालिकोट जिल्लाको नाग्मादेखि मुगुको सदरमुकाम गमगढीसम्म ९४ किलोमिटर सडकको मर्मत संभार नहँुदा मिनी ट्रक र ट्र्याक्टरबाट ढुवानी गरिएका व्यापारीका सामान पुग्न लामो समय लाग्ने गरेको हो । नेपाली सेनाले निर्माण गरिसकेपछि सडक विभागलाई आफ्नो काम जिम्मा लगाए पनि सडक विभागले सडकको व्यवस्थापन गर्न सकेको छैन ।

असारमा  नेपालगन्ज र सुर्खेतबाट १६ मिनी ट्रकमा ल्याएको ६४० क्विन्टल सामान जुम्ला जिल्लाको सिञ्जा क्षेत्रमा थन्किएपछि अहिले आप्mनो लगानीको आधाभाग नोक्सानी भइसकेको भण्डारी जनरल स्टोरका प्रोपाइटर रबी रावत बताउछन् । सो हिमाली निर्माण सेवा जुम्ला र ताल्चादेखि गमगढीसम्मको केआर बिल्डस मुगुलाई ९४ किलोमिटर सडकको मर्मतका लागि सडक विभागले सात लाख रुपैयाँ रकम उपलब्ध गराएको भएपनि सन्तोषजनक कार्य हुन नसकेको हो ।

नियमित मर्मत नहुँदा नेपालगन्ज र सुर्खेतबाट आएका मालबाहक गाढी कालिकोट जिल्लाको नाग्मा जुम्ला जिल्लाको गोठी ज्युला र मुगुको पिना गाविसको झयारी खोलाभन्दा अघि बढ्न नसकेकाले तीन दिनदेखि चार दिनसम्म लाग्ने बाटो पाँच महिना लाग्ने गरेको उद्योग बाणिज्य सङ्घ मुगुका अध्यक्ष नरबिर रावत बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us