पोखरामा पुष्प व्यापार मेला

काठमाण्डु टुडे २०७० कार्तिक १३ गते ३:४७ मा प्रकाशित

पोखरा, १३ कात्तिक–फ्लोरिकल्चर एसोसिएसन नेपाल कास्कीले यही कात्तिक १४ देखि १७ गतेसम्म पोखरा सभागृहमा दोस्रो क्षेत्रीय गोदावरी प्रदर्शनी एवम् पुष्प व्यापार मेला आयोजना गर्ने भएको छ । 

मेलामा करिब ३०० प्रजातिका फूल तथा बोटबिरुवाको प्रदर्शनी हुने छ । १५ देखि २० हजार दर्शकले अवलोकन गर्ने २२ देखि २५ लाखको व्यावसायिक कारोबार हुने अनुमान गरिएको छ ।

मेलामा नर्सरीको उत्पादन, बिक्रीवितरण, व्यावसायिक विकास र पुष्प पारखीहरुको जमघट हुने आयोजकले जनाएको छ । मेलामा विभिन्न २५ वटा कक्ष रहने छन् ।

यसअघि ललितपुरको जावलाखेलमा आयोजित गोदावरी प्रदर्शनी एवम् पुष्प व्यापार मेलामा २१ लाख कारोबार भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us