खाद्यान्न अभाव हुने राष्ट्रमा नेपाल पनि

काठमाण्डु टुडे २०७० कार्तिक १२ गते १५:३७ मा प्रकाशित

विराटनगर, १२ कात्तिक– नेपाल विश्वको खाद्यान्न अभाव भएका ३१ राष्ट्र मध्ये १६ औा स्थानमा रहेको छ ।
khadhya samagri३३ औं विश्व खाद्य दिवसका अवसरमा जिल्ला कृषि विकास कार्यालय मोरङले गरेको कार्यक्रममा सो जानकारी दिइएको छ । ‘खाद्य सुरक्षा तथा पोषणको आधारमा खाद्य, खाद्य प्राणालीमा दिगो सुधार’ विषयक नारासहित आयोजित सो कार्यक्रममा सहभागी वक्ताहरुले नेपालमा उत्पादन घटदै गएकोमा चिन्ता व्यक्त गरे ।
पूर्वाञ्चल क्षेत्रीय कृषि निर्देशनालयका प्रमुख सुरेश गौतमले कृषि क्षेत्रमा सरकारको लगानीमा वृद्धि भएको बताउदै खाद्यान्न अभाव हुन नदिन व्यावसायिक कृषि उत्पादनमा जोड दिनुपर्ने आग्रह गरे ।
कृषि सामग्री संस्थान पूर्वाञ्चल प्रबन्धक पुण्यप्रसाद घिमिरेले कृषि उत्पादनका लागि रासायनिक मलको वितरणमा सरकारले अनुदान दिादै आएको र मलको बिक्री वितरण र आपूर्ति विगतभन्दा सहज भएको जानकारी दिए ।
कृषि विकास कार्यालय मोरङका प्रमुख मनोज यादवले पूर्वाञ्चलमा सबैभन्दा बढी खाद्यान्न उत्पादन मोरङ जिल्लामा भएको बताउदै मोरङमा एक लाख चार हजार   हेक्टर जमिनमा धानखेती भएको र त्यसबाट तीन लाख ५० हजार मेट्रिक टनभन्दा बढी धान उत्पादन हुने गरेको बताए ।
मोरङमा ४६ प्रतिशत जनतामा खाद्यान्नको अभाव रहेको तथ्याङ्कसमेत यादवले जानकारी गराए ।
सो अवसरमा कृषिका क्षेत्रीय प्रमुख गौतमले जिल्लाका उत्कृष्ट कृषक एवम् खाद्य सुरक्षासम्बन्धी विद्यालयस्तरीय निबन्ध प्रतियोतिामा उत्कृष्ट छात्रालाई नगद तथा प्रशंसापत्र वितरण गरे ।  रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us