धादिङ, ३० असार- धादिङको बेनीघाट रोराङ गाउँपालिकाको वडा नं २ ताल्तीमा निर्माणाधीन अवस्थामा रहेको ह्वासिन सिमेन्ट उद्योग गए रातिको बाढीले बगाएको छ । ताल्तीस्थित खोलालाई नियन्त्रण गरी निर्माण थालिएको सिमेन्ट उद्योग तीन दिनदेखिको वर्षाका कारण खोलामा आएको बाढीले बगाएको सूचना अधिकारी तुलसीजङ्ग थापाले जानकारी...
काठमाण्डु, २९ असार- आज नेपाली बजारमा अमेरिकी डलरसहित अन्य देशको मुल्य पनि बढेको छ। नेपाल राष्ट्रबैँकले तोकेको बिनिमयदर अनुसार आज अमेरीकी डलर एकको खरिददर १०९ रुपैयाँ ६० पैसा तोकिएको छ भने बिक्रीदर ११० रुपैयाँ २० पैसा तोकिएको छ। त्यसैगरी आज मलेसियन रिँगिट एकको खरिददर...
काठमाण्डु, २८ असार-मुलुकको अर्थतन्त्रको महत्वपूर्ण आधार मानिने पर्यटन क्षेत्रबाट सन् २०१८ मा रु ६९ अर्ब ७५ करोड ५८ लाख आम्दानी भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रकाशन गरेको नेपाल टुरिज्म स्टाटिसटिक्स-२०१८’ अनुसार यो अघिल्लो वर्षको तुलनामा १७ प्रतिशतले बढी हो ।...
काठमाण्डु,२७ -असार नेपालको सार्वजनिक क्षेत्रको वित्तीय संघीयता व्यवस्थापनका लागि विश्व विश्वले बैंकले १० अर्ब अनुदान दिने भएको छ। शुक्रबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा एक कार्यक्रममा राजस्व सचिव लालशंकर घिमिरे र विश्व बैंकका नेपाल प्रतिनिधि फारिस एच हडाडजेरभोसबीच नेपालको वित्तिय संघीयता व्यवस्थापन हुनेगरी आवश्यक नीति बनाउन...
काठमाण्डु,२६ असार-बुधबार प्रतितोला ६४ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन बिहिबार ४ सय बढेर प्रतितोला ६४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी ब्यवसायी महासंघले बताएको छ । अघिल्लो दिन प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ५ रुपैयाँ बढेर...
काठमाण्डु, २५ असार-स्वदेश तथा विदेशमा उत्पादित सिमेन्ट लेमिनेशन गरेको बोरामा प्याकिङ गरेर मात्र बजारमा पठाउनुपर्ने भएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले बिहीबार विज्ञप्ति जारी गरी सिमेन्टलाई लेमिनेशन गरेको बोरामा प्याकिङ गरेर मात्र बजारमा पठाउन सिमेन्ट उत्पादक सङ्घलाई आग्रह गरेको छ । विभागले...
काठमाण्डु, २५ असार -मगंलबार तोलामा रु ६४ हजार ५०० मा कारोबार भएको सुनको मुल्य बुधबार तोलामा रु २०० घटेर ६४ हजार ३०० मा कारोबार भएको हो । तेजावी सुन रु ६४ हजारमा कारोबार भएको छ भने चाँदी हिजोको कै मुल्य रु ७२० मा कारोबार भएको...
काठमाण्डु, २० असार– ग्लोबल आईएमई र जनता बैंक मर्जरमा जाने भएका छन् । नेपाल राष्ट्र बैंकले मर्जरमा जान १५ दिने अल्टिमेटम दिएपछि बैंकहरु दबाबमा परेका छन् । गभर्नर चिरञ्जिवी नेपालले मर्जरमा जान निर्देशन दिएपछि मर्जर प्रक्रियामा सहभागी हुने घोषणा भएको यो पहिलोपटक हो ।...
काठमाण्डु, १७ असार -नेपाल राष्ट्र बैंकको बैंकिङ नीति अनुरुप बैंकहरुको छाता संगठन बैंकर्स संघको मंगलबार बसेको बैठकले ठुला राष्ट्र बैंकको नीति अनुरुपनै मर्जमा जाने निर्णय गरेको बताएको छ । साथै दुई वटा महत्वपूर्ण निर्णय गर्दै संघले बैंकहरुलाई मर्जमा जान तयार हुन आग्रह गरेको छ...
काठमाण्डु, १५ असार, तीन वटा मात्र स्थानीय तह रहेको रुकुमपूर्वको सबै स्थानीय तहमा बैंकका शाखा स्थापना भएका छन् । स्थानीय तहमा बैंक स्थापना भएसँगै ग्रामीण क्षेत्रका आर्थिक गतिविधि पनि बढ्न थालेको छ । सरकारले प्रत्येक स्थानीय तहमा बैंक पुर्याउने नीति अवलम्बन गरेपछि बैंकका शाखा...
ललितपुर, १० असार– ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ का लागि पाँच अर्ब १८ करोड रुपैयाँ बराबरको बजेट पारित गरेको छ । महानगरको चौथौ नगरसभामा प्रमुख चिरिबाबु महर्जनले पेश गरेको उक्त बजेट सर्वसम्मतिले पारित भएको हो । महर्जनले पूर्वाधार विकासका लागि दुई अर्ब ७३ लाख...
काठमाण्डु, ११ असार– प्रतिनिधिसभा बैठकबाट ‘विनियोजन विधेयक, २०७६’ बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा अर्थमन्त्री युवराज खतिवडाद्वारा ‘विनियोजन विधेयक, २०७६ लाई पारित गरियोस्’ भनी प्रस्तुत प्रस्ताव बैठकले पारित गरेको हो । साथै अर्थमन्त्री खतिवडाले ‘आर्थिक विधेयक, २०७६ माथि विचार गरियोस्’, ‘राष्ट्र ऋण...