
काठमाण्डु, १७ असार -नेपाल राष्ट्र बैंकको बैंकिङ नीति अनुरुप बैंकहरुको छाता संगठन बैंकर्स संघको मंगलबार बसेको बैठकले ठुला राष्ट्र बैंकको नीति अनुरुपनै मर्जमा जाने निर्णय गरेको बताएको छ । साथै दुई वटा महत्वपूर्ण निर्णय गर्दै संघले बैंकहरुलाई मर्जमा जान तयार हुन आग्रह गरेको छ ।
मंगलबार बसेको बैठकमा २८ वटै बैंकका प्रमुख कार्यकारी र प्रतिनिधिहरु उपस्थित भएका थिए। बिहीबारसम्म सबै बैंकले मर्ज समिति गठन गरि बैंकको संख्या घटाउने र राष्ट्र बैंकको नीतिलाई समर्थन गर्दै राष्ट्र बैंकलाई जानकारी गराउने समेत निर्णय गरेको बताएकाे छ । यसबीचमा कुन बैंक र कसको कोसँग छलफल भइरहेको छ भन्ने जानकारी दिन समेत संघले सहमति गरेको बताएकाे छ ।
बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले जानकारी दिए अनुसार तत्काललाई मर्ज समिति समेत बनाइएको बताइएको छ । साथै असार १९ गते सम्ममा ठोस निर्णय सहित पार्टनर खोजिसक्न गत हप्ता राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय कम्पनीका अध्यक्ष र कार्यकारी निर्देशक(सिईओ)लाई निर्देशन पनि दिइसकेको छ ।