
ललितपुर, १० असार– ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ का लागि पाँच अर्ब १८ करोड रुपैयाँ बराबरको बजेट पारित गरेको छ ।
महानगरको चौथौ नगरसभामा प्रमुख चिरिबाबु महर्जनले पेश गरेको उक्त बजेट सर्वसम्मतिले पारित भएको हो । महर्जनले पूर्वाधार विकासका लागि दुई अर्ब ७३ लाख ६३ हजार, सामाजिक सुरक्षामा लागि ४६ करोड, सामाजिक विकासका लागि १६ करोड, ८४ लाख , वातावरण तथा विपद व्यवस्थापनका लागि १६ करोड ५५ लाख, संस्थागत विकास, सेवा प्रवाह र सुशासन शीर्षकमा दुई करोड, २५ लाख रुपैयाँ विनियोजन गरेका छन् ।