
काठमाण्डु, २० असार– ग्लोबल आईएमई र जनता बैंक मर्जरमा जाने भएका छन् ।
नेपाल राष्ट्र बैंकले मर्जरमा जान १५ दिने अल्टिमेटम दिएपछि बैंकहरु दबाबमा परेका छन् । गभर्नर चिरञ्जिवी नेपालले मर्जरमा जान निर्देशन दिएपछि मर्जर प्रक्रियामा सहभागी हुने घोषणा भएको यो पहिलोपटक हो । दुई बैंकबीच मर्जरमा जानेसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ । मर्जरपछि पनि बैंकको नाम भने ग्लोबल आईएमई नै रहने भएको छ । यस्तै बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा जनता बैंकका परशुराम कुँवर क्षेत्री रहने भएका छन् । ग्लोबल आईएमईको को चुक्ता पुँजी १० अर्ब ३१ करोड ५ लाख तथा जनता बैंकको चुक्ता पुँजी ८ अर्ब ७ लाख छ ।