काठमाण्डु, १ असार– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आजै राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो । निगम प्रवक्ता वीरेन्द्र गोइतले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य घटाइएको जानकारी दिए...
बुटवल, १ असार – पाँच नम्बर प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७६–०७७ का लागि ३६ अर्ब ४१ करोड ६८ लाखको अनुमानित बजेट प्रस्तुत गरेको छ । मुख्यमन्त्री एवं आर्थिक मामिला तथा योजनामन्त्री शंकर पोखरेलले संसदमा बजेट पेश गरेका हुन् । चालु आर्थिक वर्षको भन्दा...
सुर्खेत, १ असार – कर्णाली प्रदेशले ३४ अर्ब ३५ करोडको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले आइतबार प्रदेशसभा बैठकमा ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजारको बजेट पेश गरेका हुन् । चालु खर्चतर्फ १३ अर्ब ५ करोड ९६ लाख ५३ हजार...
काठमाण्डु, १ असार – नेपाल भारत विद्युत व्यापार र देशको प्रसारण प्रणालीलाई सुधार गर्ने उदेश्यका साथ निर्माण भैरहेको ४ सय केभी सब–स्टेशन आउँदो पुसभित्र सम्पन्न हुने भएको छ । स्वदेशी लगानीमा निर्माणाधीन ४००–२२० केभीको ढल्केबर सबस्टेशन ४०० केभी प्रणालीमा आधारित नेपालकै पहिलो सबस्टेशन हो...
काठमाण्डु, ३१ जेठ – एनसेल प्राइभेट लिमिटेडले आफ्ना ग्राहकका लागि डेटामा आकर्षक योजना ल्याएको छ जसअन्तर्गत ग्राहकले डबल फोरजी डेटाको मजा लिन सक्नेछन् । यो योजना अन्तर्गत एनसेलका ग्राहकले सात दिन र तीस दिन समय सीमा भएको गज्जबको डेटा प्याकको खरिदमा बोनस स्वरुप फोरजी...
काठमाण्डु, ३० जेठ – नेपाल उद्योग वाणिज्य महासंघ र मेडेफ इन्टरनेसनलबीच सहमति भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको युरोप भ्रमणका क्रममा उनको उपस्थितिमा पेरिसमा नेपाली उद्योगी व्यवसायीको छाता संगठन र फ्रान्सको व्यवसायीहरुको परिसंघबीच आर्थिक सम्बन्ध विस्तार गर्ने सहमती भएको हो । नेपाल तथा...
पर्वत, ३० जेठ – मजदुर र कर्मचारीको आन्दोलनका कारण तल्लो मोदीखोला जलविद्युत् आयोजना विगत ११ दिनदेखि ठप्प छ । परीक्षण उत्पादनको अन्तिम तयारीमा रहेको २० मेगावाट क्षमताको तल्लो मोदी जलजविद्युत् आयोजनामा कार्यरत कामदार र कर्मचारीले जेठ २० गतेदेखि तालाबन्दी गरेर कामकाज ठप्प पारेका हुन्...
काठमाण्डु, २९ जेठ – ‘गोरखा भूकम्प’ भारतको नाकाबन्दी तथा अन्य प्राकृतिक प्रकोपका कारण लागत बढ्दै गएपछि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको लागत दोब्बरले वृद्धि हुने भएको छ । आयोजना शुरु गर्दा रु ३५ अर्ब लागत रहेको सो आयोजनाको कूल लागत वृद्धि भई रु ७३ अर्ब...
पर्वत, २४ जेठ – परीक्षण उत्पादनको अन्तिम तयारीमा रहेको यहाँ निर्माणाधीन २० मेघावाट क्षमताको तल्लो मोदी जलजविद्युत् आयोनामा कार्यरत कामदार र कर्मचारीले तालाबन्दी गरेका छन् । निर्माणकार्यमा संलग्न कामदार र कर्मचारीले स्वतः स्थायी गर्नुपर्ने लगायतका माग राखेर कुश्मा नगरपालिका–७ स्थित कार्यालयमा तालाबन्दी गरेका छन्...
काठमाण्डु, २३ जेठ – अर्थमन्त्री डा. युवराज खतिवडाले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन युवाहरुले चासो नदिएको बताएका छन् । चालु आर्थिक वर्षको बजेटमा उल्लेख भएको शैक्षिक प्रमाणपत्र धितो राखेर सहुलियत ब्याजमा ऋण लिने योजना प्रभावकारी नभएको सांसदहरुको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले सरकार...
ब्रसेल्स, २३ जेठ – अमेरिकी सर्च इन्जिन गूगलले यूरोपेली संघ (ईयू) ले लगाएको १ अर्ब ७० करोड डलर जरीवाना पुनरवलोकन गर्न अपिल गरेको छ । अनलाइन विज्ञापनमा प्रतिस्पर्धाको नियम पालना नगरेको भन्दै गूगललाई ईयूले जरीवाना लगाउने निर्णय गरेको थियो । गत मार्चमा ईयूका अधिकारीले...
काठमाण्डु, २३ जेठ – विश्व बैंकले चालु वर्ष नेपालको अर्थतन्त्र ७.१ प्रतिशतले विस्तारित हुने प्रक्षेपण गरेको छ । प्रत्येक ६ महिनामा नेपालका आर्थिक अवस्थाको चित्रणसहितको प्रतिवेदन सार्वजनिक गर्दै आएको बैंकले यो पटकको प्रतिवेदनबाट नेपालको अर्थतन्त्र द्रुत गतिमा बढिरहेको बताएको छ । ४.१ प्रतिशतको मूल्यवृध्दि...