अर्थ

नेपाल एयरलाइन्सको जापान उडान स्थगित

२०७६ जेठ २२ गते १७:४२

काठमाण्डु, २२ जेठ – नेपाल वायुसेवा निगमले यात्रु नपाएको भन्दै तत्कालका लगि जापान उडान स्थगित गरेको छ । आगामी जुलाई ४ अर्थात् असार १९ बाट ओशाकाको कान्साइ अन्तर्राष्ट्रिय एयरपोर्टमा निगमको वाइडबडीले उडान भर्ने तालिका थियो । तर, बुकिङ खोलेको एक महिनासम्म पनि राम्रो संख्यामा...

असारबाट नेपालमा पाइपबाट पेट्रोल आउने

२०७६ जेठ २२ गते १४:५५

काठमाण्डु, २२ जेठ – राष्ट्रिय प्राथमिकता प्राप्त मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन बिछ्याउने परियोजनाको ९९ प्रतिशत काम सम्पन्न भएको छ । बहुप्रतिक्षित उक्त परियोजनाका जनशक्तिका लागि आठ दिने तालीम दिइएपछि आउँदो असारभित्र सञ्चालनमा आउने भएको छ । पाइपलाइन सञ्चालनमा आएसँगै नेपाल आयल निगमलाई इन्धन ढुवानीमा भाडा...

पशुपतिनाथमा ९ किलो सुन, १ अर्ब २९ करोड नगद जम्मा

२०७६ जेठ २२ गते १४:४२

काठमाण्डु, २२ जेठ – पशुपतिनाथ मन्दिरमा ९ किलो ५ सय ८६ ग्राम चाँदी जम्मा भएको छ । पशुपतिनाथको जग्गा सम्पत्ति संरक्षण तथा गुठी जग्गा अध्ययन एवं छानविन समितिले दिएको प्रतिवेदनअनुसार ३ सय १६ किलो ५ सय ८६ ग्राम चाँदी रहेको छ । समितिका अनुसार...

बूढीगण्डकी आयोजनाः कहिले तोकिएला आरुघाट र खहरे बजारको मुआब्जा ?

२०७६ जेठ २२ गते ११:२०

काठमाण्डु, २२ जेठ – बूढीगण्डकी जलविद्युत् आयोजनाको प्रभावित क्षेत्रका रूपमा रहेको धादिङ र गोरखाको दुई हजार ४०० रोपनी जग्गाको मुआब्जा निर्धारण नगरिएकामा स्थानीयवासीले आपत्ति जनाएका छन् । उनीहरूले आयोजनाले मुआब्जा वितरण गर्न थालेको चार वर्ष हुन लाग्दासमेत बजार क्षेत्रको मुआब्जा निर्धारण नभएकामा आपत्ति जनाउँदै...

यस्ताे सहमतिपछि मध्यमोदी जलबिद्युतको काम सुचारु

२०७६ जेठ २० गते ११:०९

काठमाण्डु, २० जेठ – प्रभावित क्षेत्रका बासिन्दाको आन्दोलनले एक सातादेखि ठप्प बनेको मध्यमोदी जलबिद्युत आयोजनाको निर्माण कार्य पुनः सञ्चालन भएको छ । चौधरी ग्रुपले पर्वतको मोदी गाउँपालिकामा निर्माण गरिरहेको १४ मेघावाटको जलविद्युत् आयोजना स्थानीयवासीको आन्दोलनका कारण जेठ १२ गतेदेखि बन्द भएको थियो । गएको...

सुनको मूल्य २ हजार बढ्यो

२०७६ जेठ १९ गते १२:५७

काठमाण्डु, १९ जेठ – सुनको मूल्य २ हजार रुपैयाँ बढेर ६१ हजार रुपैयाँमा कारोबार भएको छ । बिहीबार प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार १५ सय रुपैयाँ बढी ६१ हजार रुपैयाँमा कारोबार भएको छ । शुक्रबार प्रतितोला ६१ हजार रुपैयाँमा...

सुनको भाउ ह्वात्तै बढ्यो

२०७६ जेठ १७ गते १२:०९

काठमाण्डु, १७ जेठ – सुनको भाउ तोलामा १ हजार ५ सय रुपैयाँले बढेको छ । बिहीबार ५९ हजार ५ सय रुपैयाँमा कारोवार भएको छापावाला सुनको मुल्य आज बढेर तोलाको ६१ हजार रुपैयाँ पुगेको नेपाल सुनचादी व्यवशायी महासंघले जनाएको छ । तेजावी सुन पनि आज...

काठमाण्डु–रुम्जाटार–विराटनगर उडान नियमित

२०७६ जेठ १७ गते ११:५३

ओखलढुङ्गा, १७ जेठ – काठमाण्डु–रुम्जाटार–विराटनगर नियमित हवाइ उडान हुने भएको छ । शुक्रबारदेखि हरेक साता सङ्घीय राजधानी काठमाण्डुबाट ओखलढुङ्गाको रुम्जाटार हुँदै प्रदेश १ को राजधानी विराटनगरसम्मको हवाइ सेवा सुरु हुने भएको हो । करिब तीन वर्षदेखि ठप्प रहेको रुम्जाटार विमानस्थललाई केन्द्र र प्रदेशको राजधानीसँग...

माध्यमिक तहका शिक्षकको तलब ४७ हजार पुग्यो

२०७६ जेठ १७ गते १०:५१

काठमाण्डु, १७ जेठ – सरकारले आर्थिक वर्ष २०७६/०७७ को बजेटमार्फत शिक्षकको तलब वृद्धि गरेको छ । प्राथमिक तहदेखि माध्यमिक तहसम्मका शिक्षकको तलब दर्जा अनुसार १८ देखि २० प्रतिशत वृद्धि गरिएको छ । सरकारले बजेटमार्फत राजपत्र अनंकिततर्फ २० प्रतिशत र राजपत्रांकिततर्फ १८ प्रतिशत तलव वृद्धि...

गौतमबुद्ध विमानस्थल सरकारले यसरी चलाउने

२०७६ जेठ १६ गते १६:४०

काठमाण्डु, १६ जेठ – सरकारले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन सरकार–सरकारबीचको सम्झौताबाट गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको बैठकले संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयलाई प्रकिया अघि बढाउन सैद्धान्तिक सहमति दिएको हो । मन्त्रालयले सूचना निकाली ईच्छुक देशहरूलाई जानकारी गराउने छ । त्यसमा आएकाहरूसँग...

बजेट भाषणपछि कतिले बढ्यो शेयर बजार ?

२०७६ जेठ १६ गते १६:१९

काठमाण्डु, १६ जेठ – एक अर्ब ५२ करोड ८१ लाख ५१ हजार ७९२ बराबरको कारोवार भए पनि कारोवार मापन नेप्से परिसूचक आज ५ दशमलव ५८ बिन्दुले मात्रै उकालो लागेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार आगामी आर्थिक वर्षको बजेटमा शेयर बजारलाई सम्बोधन गर्ने...

महासङ्घद्वारा सरकारी बोलपत्र बहिष्कार

२०७६ जेठ १६ गते १५:३०

काठमाण्डु, १६ जेठ – नेपाल निर्माण व्यवसायी महासङ्घले सार्वजनिक खरीद (छैटौँ संशोधन) नियमावली, २०७५ का केही बुँदाको विरोधस्वरुप आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । महासङ्घ कार्य समितिको बैठकले आन्दोलनका कार्यक्रम घोषणा गरेको प्रवक्ता टङ्कप्रसाद चौलागाइँले जानकारी दिए । व्यवसायीले नेपाल सरकारबाट आह्वान भएका तथा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us