सुनको मूल्य २ हजार बढ्यो

काठमाण्डु टुडे २०७६ जेठ १९ गते १२:५७ मा प्रकाशित

काठमाण्डु, १९ जेठ – सुनको मूल्य २ हजार रुपैयाँ बढेर ६१ हजार रुपैयाँमा कारोबार भएको छ ।

बिहीबार प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार १५ सय रुपैयाँ बढी ६१ हजार रुपैयाँमा कारोबार भएको छ ।

शुक्रबार प्रतितोला ६१ हजार रुपैयाँमा कारोबार भएको सुन आज ५ सय रुपैयाँ बढी ६१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने २ दिनमा १० रुपैयाँमात्रै बढेको छ । बिहीबार प्रतितोला ७ सय रुपैयाँमा कारोबार भएको चाँदी आज ७ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us