
काठमाण्डु, १६ जेठ – सरकारले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन सरकार–सरकारबीचको सम्झौताबाट गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको बैठकले संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयलाई प्रकिया अघि बढाउन सैद्धान्तिक सहमति दिएको हो ।
मन्त्रालयले सूचना निकाली ईच्छुक देशहरूलाई जानकारी गराउने छ ।
त्यसमा आएकाहरूसँग छलफल गरी लाभदायक प्रस्ताव राख्ने देशको निकायलाई सञ्चालनको जिम्मा दिइने छ । धावनमार्ग निर्माण भइसकेको उक्त आयोजना असोजसम्म निर्माण गरिसक्ने लक्ष्य लिइएको छ ।