
काठमाण्डु, २२ जेठ – पशुपतिनाथ मन्दिरमा ९ किलो ५ सय ८६ ग्राम चाँदी जम्मा भएको छ ।
पशुपतिनाथको जग्गा सम्पत्ति संरक्षण तथा गुठी जग्गा अध्ययन एवं छानविन समितिले दिएको प्रतिवेदनअनुसार ३ सय १६ किलो ५ सय ८६ ग्राम चाँदी रहेको छ । समितिका अनुसार यो २०१९ देखि २०७५ सम्मको विवरण हो ।
२०१९ भन्दा अगाडिको मुचुल्का प्राप्त नभएको समितिले जनाएको छ । महाशाखाबाट प्राप्त विवरणअनुसार विभिन्न बैंकमा १ अर्ब २९ करोड ३८ लाख ३१ हजार २ सय १५ रुपैयाँ नगद जम्मा भएको जनाएको छ । सो रकममध्ये १ अर्ब रुपैयाँको अक्षय कोष निर्माण गरिएको छ ।