सरकारले घटायो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

काठमाण्डु टुडे २०७६ असार १ गते २१:५० मा प्रकाशित

काठमाण्डु, १ असार– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

निगमले आजै राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो । निगम प्रवक्ता वीरेन्द्र गोइतले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य घटाइएको जानकारी दिए । अब पेट्रोल प्रतिलिटर १०८, डिजेल र मट्टितेल ९६ रुपैयाँ ५० पैसा मा पाइनेछ ।

भारतबाट आएको नयाँ सूचीअनुसार मूल्य समायोजन गरिएको प्रवक्ता गोइतले बताए । उनका अनुसार हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us