काठमाण्डु, ११ वैशाख – नेपाल आयल निगमले अन्तर्राष्ट्रिय उडानतर्फ हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ७५ अमेरिकी डलरले घटाएको छ । निगम सञ्चालक समितिको सोमबार बसेको बैठकपछि जारी गरेको प्रेस विज्ञप्तिमा हवाई इन्धनको मूल्य घटाउने निर्णय गरेको र उक्त घटाइएको दर बुधबारदेखि लागू हुने जनाइएको छ...
काठमाण्डु, ११ वैशाख – पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरी सदरमुकाम इनरुवा–६ घोपालीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सुनसरी रामधुनी नगरपालिका–१ झुम्काका २६ वर्षीय उमेश चौधरी रहेका सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले जानकारी दिए । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको...
काठमाण्डु, ११ वैशाख – चार वटा साना कम्युनिस्ट घटकले कार्यगत एकता गरेर अघि बढ्ने सहमति गरेका छन् । मोहन वैद्य (किरण)देखि ऋषिराम कट्टेलसम्मका साना पार्टीले कार्यगत एकता गर्ने सहमति गरेका हुन् । केपी शर्मा ओली नेतृत्वको सरकारले विभिन्न मुद्दामा राष्ट्रघात तथा जनघात गरेको निष्कर्ष...
काठमाण्डु, ११ वैशाख – भारतको अरुणाञ्चल प्रदेश केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको छ । अरुणाञ्चलको इटानगरबाट १८० किलोमिटर दक्षिण पश्चिम केन्द्रबिन्दु भएर ५.८ म्याग्निच्युडको भूकम्प गएको यूएस जिओलोजिकल सर्वेले जनाएको छ । राति पौने २ बजे गएको भूकम्पको धक्का अरुणाञ्चल, चीनको सीमावर्ती क्षेत्र तिब्बतमा...
काठमाण्डु, ११ वैशाख – राष्ट्रपति विद्यादेवी भण्डारीको बुधबारबाट सुरु हुने राजकीय चीन भ्रमणको सरकारी टोलीमा ३४ र निजीतर्फ ९ सदस्य बेइजिङ गएका छन् । भ्रमण टोलीसँग उद्योग वाणिज्य संघका थप ३ पदाधिकारी भने बेइजिङ पुगेर मिसिनेछ । राष्ट्रपति भण्डारीको भ्रमण टोलीमा परराष्ट्र मन्त्री प्रदीप...
काठमाण्डु, ११ वैशाख– काठमाण्डु उपत्यकामा बुधबार बिहान दुईपटकसम्म शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ६ बजेर २९ मिनेटमा धादिङको नौबिसे केन्द्रबिन्दु भएर ५ दशमलब २ रेक्टर स्केलको भूकम्प गएको हो । त्यसको ११ मिनेटपछि ६ बजेर ४१ मिनेटमा दोश्रोपटक पुनः भूकम्पको धक्का...
काठमाण्डु, ११ वैशाख– गणतन्त्र नेपालका पहिलो राष्ट्रपति रामवरण यादवको सरक्षामा ३० जना सुरक्षाकर्मी खटिएका छन्। तर, पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षाका लागि भने तीन गुणाभन्दा बढी सुरक्षाकर्मी खटाइएको छ । पूर्वराजाको सुरक्षामा सशस्त्र प्रहरी बलबाट दुई डिएसपी खटिएका छन् । एक डिएसपीको नेतृत्वमा ४० प्रहरीले...
काठमाण्डु, ११ वैशाख– काठमाण्डु उपत्यकामा बारम्बार भूकम्पको धक्का महसुस गरिएको छ । पहिलोपटक बिहान ६ बजेर २८ मिनेटमा काठमाण्डु भूकम्पले मज्जैसँग हल्लियो । दोश्रोपटक फेरि ६ बजेर ४२ मिनेटमा हल्लियो । दोहोरिएर भूकम्प गएपछि मानिसहरु आत्तिएका छन् । भूकम्प आएपछि मानिसहरु घर बाहिर निस्केका...
काठमाण्डु, ११ वैशाख– काठमाण्डु उपत्यकामा एकाबिहानै भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प आएपछि मानिसहरु चिच्याउँदै घर बाहिर निस्केका थिए । बिहान ६ बजेर २९ मिनेटमा धादिङको नौबिसे केन्द्रबिन्दु भएर ५ दशमलब २ रेक्टर स्केलको भूकम्प गएको हो । त्यसको ११ मिनेटपछि ६ बजेर...
काठमाण्डु, १० वैशाख– पूर्वमन्त्री एवं कांग्रेस नेता रामकृष्ण ताम्राकारको मंगलबार निधन भएको छ । क्यान्सर र निमोनियाबाट पीडित ताम्राकारको ललितपुरस्थित एक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । स्वास्थ्य जटिल भएपछि उनलाई गत चैत अन्तिम साता अस्पताल लगिएको थियो । उनी २०४८ र २०६५...
रसुवा, १० वैशाख–प्रहरी र सशस्त्र प्रहरीले रसुवाबाट मंगलबार सात केजी अवैध सुन बरामद गरेको छ । दुई प्रहरीको संयुक्त टोलीले चेकजाँचका क्रममा चीनबाट रसुवागढी नाका हुँदै नेपाल भित्र्याइएको सात केजी सुन गोसाइकुण्ड गाउँपालिका–२ टिमुरेबाट बरामद गरेको हो । ना६ख ९०६८ नम्बरको स्याउ बोकेको कन्टेनरमा...
काठमाण्डु, १० वैशाख – चलचित्रका प्राविधिक शंकर पाण्डेमाथि कुटपिट गरेका नायक विराज भट्टले माफी मागेका छन् । भट्टले प्राविधिक संघले बोलाएको मंगलबारको बैठकमा आफूले हात हाल्नु गल्ती भएको भन्दै माफी मागेका हुन् । विराजको आगामी चलचित्र ‘साङ्लो’को विषय कुरा हुँदा विवाद उत्पन्न भएपछि उनले...