प्रहरी र सशस्त्र प्रहरी मिलेर काम गर्दा आयो यस्तो राम्रो नतिजा

काठमाण्डु टुडे २०७६ वैशाख १० गते २१:४० मा प्रकाशित

रसुवा, १० वैशाख–प्रहरी र सशस्त्र प्रहरीले रसुवाबाट मंगलबार सात केजी अवैध सुन बरामद गरेको छ ।

दुई प्रहरीको संयुक्त टोलीले चेकजाँचका क्रममा चीनबाट रसुवागढी नाका हुँदै नेपाल भित्र्याइएको सात केजी सुन गोसाइकुण्ड गाउँपालिका–२ टिमुरेबाट बरामद गरेको हो । ना६ख ९०६८ नम्बरको स्याउ बोकेको कन्टेनरमा लुकाएर ल्याइएको अवस्थामा सुन बरामद भएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष तामाङले जानकारी दिए ।

तामाङले कन्टेनरसहित चालक रसुवा नौकुण्ड ठाउँपालिका– १ का शेरबहादुर ग्याल्बोलाई नियन्त्रणमा लिइएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us