इनरुवाको घोपालीमा मोटरसाइकल दुर्घटना

काठमाण्डु टुडे २०७६ वैशाख ११ गते १०:११ मा प्रकाशित

काठमाण्डु, ११ वैशाख – पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरी सदरमुकाम इनरुवा–६ घोपालीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सुनसरी रामधुनी नगरपालिका–१ झुम्काका २६ वर्षीय उमेश चौधरी रहेका सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले जानकारी दिए ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना५ख १२३६ नम्बरको ट्रकले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को५प ५०३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटन भएको प्रहरीले जनाएको छ ।

ट्रकको ठक्करबाट मोटरसाइकलको पछाडि सवार उदयपुर गाईघाट नगरपालिका–१३ पुरानो बजारका २० वर्षीय सङ्गम राई घाइते भएका छन् ।

राईलाई थप उपचारका लागि विराटनगर पठाइएको छ । ट्रक र चालकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us