काठमाण्डुसँगै अरुणाञ्चलमा पनि शक्तिशाली भूकम्प गयो

काठमाण्डु टुडे २०७६ वैशाख ११ गते ९:५१ मा प्रकाशित

काठमाण्डु, ११ वैशाख – भारतको अरुणाञ्चल प्रदेश केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको छ ।

अरुणाञ्चलको इटानगरबाट १८० किलोमिटर दक्षिण पश्चिम केन्द्रबिन्दु भएर ५.८ म्याग्निच्युडको भूकम्प गएको यूएस जिओलोजिकल सर्वेले जनाएको छ ।

राति पौने २ बजे गएको भूकम्पको धक्का अरुणाञ्चल, चीनको सीमावर्ती क्षेत्र तिब्बतमा पनि महसुस भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us