
काठमाण्डु, ११ वैशाख– काठमाण्डु उपत्यकामा एकाबिहानै भूकम्पको धक्का महसुस गरिएको छ ।
भूकम्प आएपछि मानिसहरु चिच्याउँदै घर बाहिर निस्केका थिए । बिहान ६ बजेर २९ मिनेटमा धादिङको नौबिसे केन्द्रबिन्दु भएर ५ दशमलब २ रेक्टर स्केलको भूकम्प गएको हो ।
त्यसको ११ मिनेटपछि ६ बजेर ४१ मिनेटमा दोश्रोपटक पुनः भूकम्पको धक्का महसुस गरियो । दोश्रो भूकम्प ४ दशमलब ३ रेक्टर स्केलको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । ४ रेक्टर स्केलभन्दा बढीको भूकम्पलाई ठूलो भूकम्प मानिन्छ ।
२०७२ वैशाख १२ मा गएको महाभूकम्पपछि पटकपटक त्यसको पराकम्प आइरहेको छ । भूकम्पको धक्का धादिङसहित काठमाण्डु उपत्यका तथा आसपासका जिल्लाहरु नुवाकोट, रसुवा, काभ्रे र सिन्धुपाल्चोकसम्म पनि महसुस गरिएको थियो ।