कांग्रेसबाट निर्वाचित मेयर नेकपामा प्रवेश

२०७६ वैशाख १७ गते १४:१५

काठमाण्डु, १७ वैशाख – रौतहटको इशानाथ नगरपालिकमा कांग्रेसका तर्फबाट निर्वाचित भएका मेयर सन्तोष मेहता मंगलबार नेकपामा प्रवेश गरेका हुन । नेपाली कांग्रेसले देशमा विकृति र भ्रष्टाचारमात्र संस्थागत गरेको भन्दै मेयर मेहता नेकपा अध्यक्ष प्रचण्डको हातबाट टीका थापेर मंगलबार बिहान नेकपामा प्रवेश गरेका हुन् ।...

युवतीको मृत्युपछि कैलाली तनावग्रस्त

२०७६ वैशाख १७ गते १४:१०

धनगढी, १७ वैशाख – पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको लम्कीमा ट्रकको ठक्करबाट स्थानीय एक युवतीको मृत्यु भएपछि गरिएको प्रदर्शनले लम्की क्षेत्र आज तनाबग्रस्त बनेको छ । ना ७ ख ९२३३ नंको ट्रकको ठक्करबाट लम्की बहुमुखी क्याम्पसमा अध्ययनरत १९ वर्षीया सुनिता रावलको मृत्यु भएपछि आक्रोशित स्थानीय...

नागरिकताको विषयमा रवीन्द्र मिश्रको पार्टीले मुख खोल्यो

२०७६ वैशाख १७ गते १४:०५

काठमाण्डु, १७ वैशाख – रविन्द्र मिश्र नेतृत्वको साझा विवेकशील पार्टीले नागरिकता सम्बन्धी बहसमा आफ्नो धारणा फेरि सार्वजनिक गरेको छ । नागरिकता सम्बन्धी बहसमा ध्यानाकर्षण भएको भन्दै साझा विवेकशीलले मंगलबार ९ बुँदे प्रेस विज्ञप्ति जारी गरेको छ । यसअघि उसले राष्ट्रिय हितलाई सर्वोपरि राखेर नागरिकता...

जकार्ताबाट आफ्नो राजधानी किन सार्न चाहन्छ इन्डोनेशिया ?

२०७६ वैशाख १७ गते १४:०३

एजेन्सी – इन्डोनेशियाको राजधानी के हो ? उत्तरमा भनिन्छः जकार्ता । तर अब चाँडै नै यो प्रश्नको उत्तर परिवर्तन हुन सक्छ । किनकि इन्डोनेशिया आफ्नो राजधानी जकार्ताबाट अन्यत्रै सार्न चाहन्छ । उक्त कुराको घोषणा इन्डोनेशियाका योजना मन्त्रीले गरेका हुन् । राष्ट्रपति जोको विडोहोले ‘महत्वपूर्ण...

समिति बैठकमा मन्त्री र आयोग पदाधिकारीको जुहारी, कसले के भने ?

२०७६ वैशाख १७ गते १३:५५

काठमाण्डु, १७ वैशाख – मानवअधिकार आयोगसम्बन्धी ऐनलाई लिएर सांसद र कानुनमन्त्री भानभुक्त ढकालबीच घोचपेच भएको छ । संसदको कानुन समितिले मंगलबार आयोगसम्बन्धी ऐन र संयक्रमणकालीन न्यायबारे छलफल गर्न मन्त्रीसँगै आयोग पदाधिकारीहरुलाई बोलाएको थियो । बैठकमा आयोग अध्यक्ष अनुपराज शर्माले आयोग पेरिस सिद्धान्तअनुसार स्वतन्त्र, स्वायत्त...

…तर, दोस्रो व्यक्तिको म जिम्मा लिन सक्दिनँः कट्रिना कैफ

२०७६ वैशाख १७ गते १३:४२

एजेन्सी – बलिउड नायिका कट्रिना कैफले रणवीर कपुरसँगको ब्रेकअपबारे मुख खोलेकी छन् । ‘अजिब प्रेमकी गजब कहानी’को सेटबाट सुरु भएको उनीहरुको प्रेम ‘जग्गा जासुस’ चलचित्र रिलिज पछि टुट्यो । उनीहरु एक–आपसमा किन अलग भए भन्ने बिषयमा धेरै कारण सार्वजनिक भैरहेका छन् । हाल एक...

हिन्दु धर्मको संरक्षणका लागि आन्दोलन गर्न भारतीय शंकराचार्यको आग्रह

२०७६ वैशाख १७ गते १३:२९

दमौली, १७ वैशाख – भारतका एक शंकराचार्यले हिन्दु धर्मको संरक्षणका लागि आन्दोलन गर्न तनहुँका स्थानीयलाई आग्रह गरेका छन् । म्याग्दे ३ किलचोकमा अकलादेवी मन्दिरको शिलान्यास गर्दै काशी सुमेरु पीठाधिश्वर जगतगुरु शंकाराचार्य अनन्त विभुषित स्वामी नरेन्द्रानन्द सरस्वतीजी माहाराजले नेपालमा हिन्दु धर्म संकटमा परेको बताएका छन्...

गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

२०७६ वैशाख १७ गते १३:२३

चितवन, १७ बैशाख – भरतपुर महानगरपालिका–२८, भङ्गाहमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान निवासी ४६ वर्षीय खडेन्द्रकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । महतोलाई माछा मारी घर फर्कने क्रममा गैँडाले आक्रमण गरेको प्रहरीले जनाएको छ...

हरर चलचित्र ‘कोकाकोला’मा सन्नी लियोनी

२०७६ वैशाख १७ गते १२:३७

एजेन्सी – पूर्व पोनस्टार एवम् बलिउडकी नायिका सन्नी लियोनीले एक नयाँ चलचित्रमा संझौता गरेकी छिन् । सन्नीले ‘कोकाकोला’ नामक हरर चलचित्रमा काम गर्ने पक्का भएको हो । यो चलचित्रको छायांकन जुनबाट सुरु हुने बताइएको छ । यो चलचित्रको छायांकन देहरादुन, हरिद्धार लगायतका स्थानमा गरिनेछ...

मकालु हिमालमा हिम मानव यतिको पाइला भेटेको भारतीय सेनाको दाबी

२०७६ वैशाख १७ गते १२:३६

एजेन्सी । भारतीय सेनाले नेपालको मकालु हिमालको आधार शिविरनजिकै ‘हिम मानव यति’को पाइला भेटेको दाबी गरिएको छ । भारतीय सेनाको एक ट्वीटर अकाउन्टमा सोमाबार राति पोस्ट्र गरिएको ट्वीटमा यस्तो दाबी गरिएको हो । भारतीय सेनाको हिमालय अभियान टोलीले यही अप्रिल ९ तारिकमा मकालु हिमालको...

चुनावकै बेला राहुल गान्धीलाई आइलाग्यो यस्तो ‘टेन्सन’

२०७६ वैशाख १७ गते १२:२९

एजेन्सी । भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीलाई उनीसँग विदेशी नागरिकता रहेको सम्बन्धमा स्पष्ट पार्न १५ दिनको अल्टिमेटम दिइएको छ । भारतको गृह मन्त्रालयले लोकसभा निर्वाचनको सातौं चरण चलिरहँदा उत्तर प्रदेशको अमेठी र केरलाको वायानादबाट चुनाव लडिरहेका गान्धीलाई यस्तो पत्र पठाएको हो । सत्तारुढ भारतीय...

हुण्डाईको गाडी अब नेपालमै बन्ने

२०७६ वैशाख १७ गते १२:१९

काठमाण्डु, १७ बैशाख – दक्षिण कोरियन कम्पनी हुण्डाईको गाडी नेपालमै ‘एसेम्बल’ गर्ने तयारी थालिएको छ । गाडी एसेम्बल गर्न लक्ष्मी मोटर कर्पोरेसन प्रालिले गत बैसाख ८ गते उद्योग विभागमा दर्ता गरेको हो । हाल नेपालमा लक्ष्मी इन्टरकन्टिनेन्टलले हुण्डाईको गाडी विक्री वितरण गर्दै आएको छ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us