
एजेन्सी । भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीलाई उनीसँग विदेशी नागरिकता रहेको सम्बन्धमा स्पष्ट पार्न १५ दिनको अल्टिमेटम दिइएको छ ।
भारतको गृह मन्त्रालयले लोकसभा निर्वाचनको सातौं चरण चलिरहँदा उत्तर प्रदेशको अमेठी र केरलाको वायानादबाट चुनाव लडिरहेका गान्धीलाई यस्तो पत्र पठाएको हो ।
सत्तारुढ भारतीय जनता पार्टीका सांसद सुब्रमनियन स्वामीले गान्धी बेलायती नागरिक रहेको भन्दै दर्ता गरेको उजुरीका आधारमा पत्र काटिएको हो ।