
काठमाण्डु, १७ वैशाख – रौतहटको इशानाथ नगरपालिकमा कांग्रेसका तर्फबाट निर्वाचित भएका मेयर सन्तोष मेहता मंगलबार नेकपामा प्रवेश गरेका हुन ।
नेपाली कांग्रेसले देशमा विकृति र भ्रष्टाचारमात्र संस्थागत गरेको भन्दै मेयर मेहता नेकपा अध्यक्ष प्रचण्डको हातबाट टीका थापेर मंगलबार बिहान नेकपामा प्रवेश गरेका हुन् ।
नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहको मध्यस्ततामा मेयर मेहता नेकपामा प्रवेश गरेका हुन । उनले अब नेकपाको राष्ट्रिय समृद्धिको यात्रमा हरतरहले सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन ।
त्यस्तै मंगलबार नै राजपावाट रौतहट–३ का उम्मेद्वार रहेका ओमप्रकाश जयसवाल पनि नेकपामा प्रवेश गरको छन । उनी पनि प्रचण्डको हातबाट टिका लगाएर नेकपा प्रवेश गरेका हुन् । जयसवालले राजपाले क्षत्रीयतावादी सोच त्याग्न नसकेका कारण आफू नेकपामा समाहित भएको बताएका छन् ।