
चितवन, १७ बैशाख – भरतपुर महानगरपालिका–२८, भङ्गाहमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान निवासी ४६ वर्षीय खडेन्द्रकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
महतोलाई माछा मारी घर फर्कने क्रममा गैँडाले आक्रमण गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गैँडाको आक्रमणबाट घाइते महतोको उपचारका क्रममा आज बिहान चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।
महतोलाई गैँडाले सोमबार राति ९ बजे आक्रमण गरेको थियो ।